Websoft University

उमेद्वार आक्रमण गर्नेलाई कारबाहीको माग वार्ताको माध्यमबाट समाधान खोज्नु पर्ने


अर्जुन जम्नेली राई-भोजपुर,कार्तिक २९ गते । रातो तारा डट कम,नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य दुर्गा राईले भोजपुरमा हिजो भएको पूर्वमन्त्री शेरधन राईमाथि भएको बम हमलाको विज्ञप्ति प्रकाशन गरेर विरोध जनाएका छन् ।

प्रतिनिधिसभाको समानुपातिक उमेद्वार समेत रहेका राईले आज –बुधबार) विज्ञप्ति प्रकाशन गरेर आक्रमणकारीलाई कारबाही गर्न माग गरेकी छन् । विज्ञप्ति मार्फत राईले वामपन्थीको साझा उमेद्वार शेरधन राईको हत्या गर्ने उदेश्यले भएको आक्रमण जति विरोध गरेपनि अपुरो हुने बताएका
छन् ।

भोजपुरमा शेरधन राई, रोल्पामा माओवादी केन्द्रका नेता बर्षमान पुन, रुकुममा जनार्दन शर्मा लगायतका नेताहरुलाई आक्रमण गर्ने आक्रमणकारीहरुलाई पक्राउ गरी तत्काल कारबाही गर्न सरकारसँग अनुरोध गरेका छन् ।
उमेद्वारहरुको हत्या गरेर निर्वाचन भाड्ने देशी विदेशीहरुको षड्यान्त्र विरुद्ध विचलिन नभइ निर्वाचनमा लाग्नुपर्ने राईले बताएकी छिन । प्रकृयाप्रति असहमत पक्षलाई वार्ता र सम्बादकै माध्यमबाट समस्या समाधानमा लाग्न सरकार तथा सम्बन्धित पक्षलाई आग्रह समेत गरेकी छन् ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.