Websoft University

हिन्दू राष्ट्र निर्माण गर्ने देशभक्त लोकतान्त्रिक पार्टीको अठोट


विराटनगर, कात्तिक २९ गते । रातो तारा डट कम,
देशभक्त लोकतान्त्रिक पार्टीले हिन्दू राष्ट्र निर्माण गर्ने निर्णय गर्दै आज यहाँ प्रतिज्ञापत्र सार्वजनिक गरेको छ ।

सो पार्टीका मोरङ क्षेत्र नं ४ का प्रतिनिधिसभा उम्मेदवार किरणबहादुर क्षेत्रीले पत्रकार सम्मेलनको आयोजना गरी वर्तमान संविधानलाई परिमार्जन गर्न सभा गठन गर्नुपर्नेमा जोड दिनुभयो ।

पार्टीका उपाध्यक्षसमेत रहनुभएका क्षेत्रीले वर्तमान पाँच विकास क्षेत्रलाई जातीय पहिचानसहितको प्रदेश बनाउनुपर्ने, राष्ट्रको उत्तर दक्षिण सिमानालाई अद्यावधिक गरिनुपर्ने, वृद्धवृद्धाको पूर्ण सुरक्षा भत्ताको ग्यारेन्टी गरिनुपर्ने र धर्म, संस्कृति र परम्पराको प्रवद्र्धन गरिनुपर्ने प्रतिज्ञापत्रमा रहेको उल्लेख गर्नुभयो ।


यस्तै, उक्त पत्रमा क्यान्सर, मिर्गौलाका बिरामीलाई रु एक लाख उपचार खर्च उपलव्ध गराउने, आदिवासी, जनजाति, दलित, मधेसी, मुस्लिम, महिला, पिछडा वर्ग, अपाङ तथा दुर्गम क्षेत्रको उत्थानका लागि विशेष कार्ययोजना ल्याउने, कृषि, पूर्वाधार विकास, उद्योग, वाणिज्य, संचार, पर्यटन एवं उर्जा प्रवद्र्धनमा निजी क्षेत्रलाई प्राथमिकता दिने पनि प्रतिज्ञापत्रमा उल्लेख छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.