Websoft University

सरकारले नसके उमेद्वारको सुरक्षा वाम गठबन्धनले आफै गर्छः राई


भोजपुर, कार्तिक ३० गते । रातो तारा डट कम,
नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य टंक राईले सरकारले उमेद्वारको सुरक्षा गर्ने नसक्ने भए घोषणा गर्न चुनौति दिदै त्यस्तो अवस्थामा वाम गठबन्धनले आफै सुरक्षाको व्यवस्था गर्ने बताए ।

भोजपुरको ट्याम्केमैयुङ गाउपालिकाको अन्नपूर्णमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता राईले सो कुरा बताउनु भएको हो । वाम गठबन्धनका साझा उमेद्वार भोजपुरमा शेरधन राई र संखुवाभामा राजेन्द्र गौतममाथि बम हमाला भएको प्रति राईले खेद प्रकट गर्नुभयो ।

वाम गठबन्धन स्थायी सरकार, नेपालको संबृद्धि र स्थायी शान्तिको लागि भएको राईको भनाइ थियो । संघीयता कार्यान्वयको लागि हुन लागेको निर्वाचन बिथोल्न
खोज्नु देशका उन्नति प्रगति देख्न नसक्नेहरु भएको उनको तर्क थियो ।

देशभर उमेद्वारमाथि भइरहेको अक्रमणप्रति आक्रमक रुपमा उत्रिनु भएका राईले कांग्रेस नेतृत्वको सरकारले सुरक्षा दिन नसक्ने भए सक्दैनौ भनेर घोषणा गर्न चुनौति दिनु
भयो । वामपन्थि एकतालाई कसैले रोक्न नसक्ने बताउदै दुई तिहाईको सरकार बन्ने राईको ठोकुवा थियो ।

कार्यक्रममा प्रतिनिधिसभाका प्रत्यक्ष उमेद्वार सुनद किराती, प्रदेशसभा सदस्यका क्षेत्र (क)का उमेद्वार राजेन्द्र राई, समानुपातिक प्रतिनिधिसभा सदस्यका उमेद्वार दुर्गा राई
लगायतले बोलेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.