Websoft University

सुन्दर हरैचा नगरपालिकाले ७३ करोड ६९ लाख ९२ हजार वरावरको वजेट विनियोजित



शिव भट्टराई - सुनसरी  सुन्दर हरैचा, कार्तिक ३० गते ।
रातो तारा डट कम,सुन्दर हरैचा नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५को लागि ७३ करोड ६९ लाख ९२ हजार वरावरको वजेट विनियोजित गरेको छ ।

कुल विनियोजित वजेट अन्तर्गत चालु खर्च तर्फ ९ करोड ६८ लाख ३४ हजार र पुर्जीगत खर्च तर्फ ३१ करोड २७ लाख ९४ हजार खर्च हुने अनुमान गरिएको छ । नगर परिषदको आज भएको वैठकवाट नगरको आन्तरिक आय तर्फ ९ करोड ४४ लाख ४४ हजार रुपैयाको अनुमान गरिएको छ । नगर परिषदले वजेट,नीति तथा कार्यक्रम अन्तर्गत आर्थिक विकास तर्फ १ करोड ८५ लाख,सामाजिक विकासमा २ करोड १८ लाख,पुर्वधार विकासमा ४ करोड ४५ लाख र वातावरण तथा विपत व्यवस्थापनमा १ करोड ३० लाख रुपैया विनियोजित गरेको छ ।

त्यसैगरी मर्मत सम्हार विषेश कोषमा ८० लाख रुपैया प्रकोप व्यवस्थापन कोषको लागि २ करोड ४० लाख,कर्मचारी कल्याणकारी कोषको लागि १० लाख रुपैया छुटइएको छ । नगरपालिकाका उपमेयर धना तामाङले वाषर््िाक नीति कार्यक्रम तथा वजेट सार्वजनिकिरण गरेकी थिइन् । परिषदको उद्घाटन गर्दै नगरपालिकाका मेयर शिवप्रसाद ढकालले वजेटमा समेटिएका महत्वपुर्ण योजनाले समग्र नगरको विकासमा महत्वपुर्ण सहयोग पुग्ने वताए । उनले सवैदलको सहमतीमा आएको वजेटले सुन्दर हरैचा नगरपालिकालाई सुन्दर वनाउन वजेट उपयोगी हुने पनि मेयर ढकाले दावी गरे ।

नगरपालिकाले सार्र्वजनिक गरेको नीति कार्यक्रम तथा वजेट कार्यक्रममा १५ वटै वडालाई फ्रि वाइफाई जोन निर्माण ,शवदाहस्थलसम्म पु¥याउन सव वहानको व्यववस्था,८० वर्ष नाघेका जेष्ठ नागरिकलाई घर घरमै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने,यूवाको लागि स्वराजगरमुलक कार्यक्रम सञ्चालन गर्ने ,नगरका विभिन्न स्थानमा जेष्ठ नागरिकलाई वस्नका लागि चौताराको निर्माण गर्ने लगायतका कार्यक्रम समावेश गरिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.