Websoft University

कांग्रेसले गृहमन्त्रालयबाट मत किन्नका लागि २३ करोड रुपैयाँ धमाधम वितरण गर्दै, जनताले बिरोध गर्न थाले

(जनताको कर राजस्वबाट उठेको रकम बिकास निर्माणमा लगाउनु पर्ने रकम गृहबाट बाँडन थाले पछि जनता रिसाए)

काठमाडौं, कार्तिक २८ गते । रातो तारा डट कम,
पहिलो चरणको निर्वाचन आउन १५ दिन मात्रै बाँकी रहँदा सत्तारुढ नेपाली कांग्रेसले गृहमन्त्रालयबाट मत किन्नका लागि २३ करोड रुपैयाँ धमाधम वितरण गर्न थालेको छ । निर्वाचन आचार संहिताको धज्जी उडाउँदै सत्तारुढ कांग्रेसले गृहमन्त्रालयबाट रकम वितरण थालेपछि रकम लिनेको ताँती लागेको हो ।

राज्यको सम्पत्ती चुनावको मुखमा मत किन्ने प्रयोजनका लागि वितरण गर्न थालिएपछि स्वतन्त्र चुनाव हुनेमा गम्भीर आशंका उत्पन्न भएको छ । आर्थिक सहायताको नाममा सत्तारुढ दलका कार्यकर्तालाई लाखांै रुपैयाँको चेक वितरण गरिएको हो । गृहमा यतिखेर आर्थिक सहायता बापतको चेक लिनेको भीड बढेको छ ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता जारी गर्दै सरकारलाई आर्थिक सहायता वितरणमा रोक लगाए पनि सरकारले त्यसलाई बेवास्ता गर्दै लाखौं रुपैयाँका चेक वितरण गरिरहेको हो । चुनाव जितेर आएपछि देशको हित विपरित काम गर्ने र पैसा बाँडेर नयाँ चुनाव प्रभावित पार्ने कांग्रेसको पुरानै प्रबृत्ति हो । देश, जनता र मुलुकको आर्थिक अवस्था जर्जर बन्दै गए पनि यसरी चुनावका मुखमा बाँडिएको रकमको सहायताले कांग्रेस उम्मेदवारहरु जनमत नभएका ठाउँमा पनि विगतदेखि चुनाव जित्दै आउने गरेका थिए ।

गृह मन्त्रालयले एभरेस्ट बैंकको चेक काट्दै कांग्रेस कार्यकर्तालाई ५० हजार देखि ५ लाख रुपैयाँसम्म दिइरहेको छ । आइतबार गृह मन्त्रालय आर्थिक प्रशासन शाखामा चेक लिनेको घुइँचो थियो । चेक लिने सबै कांग्रेसको चुनाव परिचालनमा खटिएका कार्यकर्ता थिए । गृहले २३ करोडभन्दा बढी रकम मन्त्रालयबाटै वितरण गर्न थालेको
छ । सरकारले २ असोजमा ८ सय ८७ जनालाई र ६ कात्तिकमा ३ सय १० जनालाई आर्थिक सहायता वितरण गर्ने निर्णय गरेको थियो । सरकारको सो निर्णयअनुसार गृह मन्त्रालयले अहिले चेक वितरण थालेको हो । गृह मन्त्रालयका प्रवक्ता नारायण शर्मा दुवाडीले सरकारको निर्णयलाई कार्यान्वयन गर्न आर्थिक सहायता वितरण थालिएको जानकारी दिए ।

गृहको आर्थिक प्रशासन शाखाका अनुसार अहिले २ असोजमा निर्णय गरिएका ८ सय ८७ जनालाई चेक वितरण गर्न थालिएको छ । त्यसका लागि गृहलाई अर्थ मन्त्रालयले केही दिनअघि मात्रै १० करोड निकासा दिएको थियो । यसैगरी, अब छिट्टै ३ सय १० जनालाई चेक वितरण गरिने र सोका लागि अर्थ मन्त्रालयसँग थप १० करोड रुपैयाँ माग गरिएको गृह मन्त्रालयको आर्थिक प्रशासन शाखाले जानकारी दिएको छ ।

सहायता पाएका भनिएका व्यक्तिको विस्तृत विवरण र ठेगाना उल्लेख नभएकाले एकै व्यक्तिको नाममा धेरै व्यक्ति आर्थिक सहायता लिन आउने गरेका छन् । आर्थिक प्रशासन शाखाका अनुसार आर्थिक सहायता पाउनेमा अर्जुन खड्का उदयपुरको नाममा ४ लाख दिने निर्णय गरिएको छ तर ती खड्काबारे विस्तृत विवरण गोप्य राखिएको छ । मन्त्रालयका अनुसार कतिपय एउटै व्यक्तिको नाम दुई ठाउँमा पर्दा उनीहरूले दुवै पटक रकम दाबी गरेका छन् । 

रोल्पाका शालिकराम ओलीको नाममा ५० हजारको चेक बनिसके पनि तिनै ओली फेरि शालिकराम भण्डारीको नाममा रहेको २ लाखको चेक लिन आएका छन् । उनले आफ्नो नाम शालिकराम ओली नभएर शालिकराम भण्डारी भएको भन्दै पुनः २ लाख रुपैयाँ दाबी गरेको मन्त्रालयले जनाएको छ ।
गृहका अधिकारीका अनुसार उच्च राजानीतिक पहुँच भएकाहरूले यसरी आर्थिक सहायता पाउँदै आएका छन् । गरिब, विपन्न, अशक्त र पहुँच नभएका नागरिकले यस्तो अवसर कमै मात्र पाउने गरेका छन् । 

गृहका अनुसार विपन्न नागरिकलाई आर्थिक सहायता दिने गरी गृह मन्त्रालयले बनाएको नागरिक राहत क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी कार्यविधिको खिल्ली उडाउँदै गृह र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले राजनीतिक पहुँचवालालाई लाखौं रुपैया बाड्दै आएको छ ।

गृह मन्त्रालयबाट कांग्रेसलाई चुनाव खर्च विवरण
५ साउनमा १२ जनालाई १ करोड १२ लाख
१२ साउनमा १० जनालाई ८५ लाख
५ भदौमा ९० जनालाई २ करोड ५९ लाख
१९ भदौमा ८ जनालाई २० लाख
२ असोजमा ८८७ जनालाई १० करोड
७ कात्तिकमा ३१० जनालाई ८ करोड
(चक्रपथ अनलाइनमा बाट)

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.