इनरुवा, मंसिर ४ गते । रातो तारा डट कम,
निर्वाचन आयुक्त नरेन्द्र दाहालले आइतवार सुनसरीको सुरक्षा निकाय र निर्वाचन अधिकृतसँग छलफल गर्नुभएको छ ।
निर्वाचनलाई स्वच्छ निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गर्नका लागि उहाँले छलफल गर्नुभएको हो । उहाँले आज चारवटै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृत, सुरक्षा निकायका प्रमुख, स्थानीय विकास अधिकारी, जिल्ला शिक्षा अधिकारीसहितका प्रमुख तथा प्रतिनिधिसँग छलफल गर्नुभएको हो ।
निर्वाचन आयुक्त दाहालले छलफलका क्रममा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि सबैलाई आ–आफ्नो ठाउँबाट पहल गर्न निर्देशन दिनुभयो । उहाँले अचारसंहिताको पूर्ण पालना गर्न गराउन र मतदानमा सबैलाई सहभागी हुने वातावरण सिर्जना गर्नसमेत निर्देशन दिनुभयो ।
आयुक्त दाहाललाई जिल्लाको अवस्थाका बारेमा जानकारी गराउँदै सरकारी अधिकारीले शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न गराउन तत्पर रहेको विश्वाससमेत दिलाउनुभएको थियो । छलफलमा निर्वाचन अधिकृत, स्थानीय विकास अधिकारी तुलसीबहादुर श्रेष्ठ, जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदी, निर्वाचन अधिकारी भक्तबहादुर भट्टराई, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरिया लगायतको उपस्थिति रहेको थियो ।
–––
Post a Comment