Websoft University

दक्ष जनशक्तिले स्वदेशमै रोजगार पाउने

विराटनगर मंगसीर ४ गते । रातो तारा डट कम,
आबश्यक प्राविधिक जनशक्तिलाई बाहिर जान नदिने रणनीतिमा उद्योग संगठन मोरङ लागेको छ । यही विषयलाई लिएर आइतवार मनमोहन पोलिटेक्निक र उद्योग संगठन वीच प्राविधिक जनशक्तिलाई देशभित्रै रोजगार दिने विषयमा सहमति भएको छ ।

विराटनगर महानगरका मेयर भिम पराजुली,उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्याय ,बरिष्ठ उपाध्यक्ष भीम घिमिरे ,उद्योगीहरु राजकुमार गोल्छा ,प्रदिप मुरारका,नन्दु राठी र मनमोहन पोलिटेक्निकका प्रमुख सुबास श्री पोखरेल लगायतको उपस्थितीमा सहमतीपत्रमा हस्ताक्षर गरिएको छ ।

 कार्यक्रममा बोल्दै मेयर भीम पराजुलीले देशभित्रै रोजगारको बातावरण बनाउन आबश्यक रहेको औल्याउनु भयो । दक्ष जनशक्ति नेपालमै उत्पादन गर्ने र नेपालमै रोजगारको बातावरण बनाउन आबस्यक रहेको बताउनु भयो ।

यस्तै आइतावार उद्योग संगठन मोरङले स्वर्गिय महेन्द्र गोल्छाको ८ औ स्मृर्ति दिवसका अवसरमा अन्तर उच्च माध्यमिक विद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगिता समेत गरेको छ ।

हाजिरी जवाफ कार्यक्रममा विभिन्न उच्चमाविका विद्यार्थीहरु सहभागी रहेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.