किशोर विश्वकर्मा-विराटनगर, मंगसीर ३ गते ।
रातो तारा डट कम,आफुहरुलाई जबरजस्ति काग्रेसमा प्रवेश गराउन खोजिएको भन्दै मोरङ रंगेली–१ का जनप्रतिनिधिले आपत्ति जनाएका छन् ।
मोरङ निर्वाचन क्षेत्र नं. २ अन्तर्गत रंगेली–१ ववियाविर्ताका माओवादी समर्थक जनप्रतिनिधि मोहवत धामी थारु लगायतले पत्रकार सम्मेलन गर्दै आफुहरु लाई जबरजस्ति कांग्रेसी बनाउन खोजिएको र चरित्र हत्या गर्न खोजिएको बताएका हुन् ।
पत्रकार सम्मेलनमा थारुले भने ‘ हाम्रो संयुक्त वाम गठबन्धनको ४ गते वडा भेला थियो । सोही कार्यक्रमका लागि म गाउँ घरमा तयारीका लागि हिडिरहेको थिए । तर कांगे्रसको केहि साथिहरुले शुक्रबारेमा हाम्रो भेला छ भने । म जनप्रतिनिधि भएका नाताले र रिजाल पुर्व मन्त्री समेत भएकाले स्थानिय जनताका समस्याका विषयमा केहि कुरा गर्न छ भने हिड्नुस भने र म गएँ ।
अनि हाम्रा स्थानिय समस्याहरु राख्दा कांग्रेसमा प्रवेश गर्नुस भन्ने प्रस्ताव आयो । त्यसो भनेपछि मैले हुदैँन प्रवेश भने । अनि उनिहरुले तपाई निर्वाचीत जनप्रतिनिधि तपाइलाई सम्मान गर्छौँ भने र एक्कासि मिनेन्द्र रिजालले टिका लगाई दिए । सवैले माला लगाईदिए । तर पछि विभिन्न सञ्चार माध्यममा हेरेँ सुनेँ मेरो विषयमा गलत प्रचार गरि मलाई जबरजस्ती कांग्रेसी बनाउन खोजियो । ’
पत्रकार सम्मेलनमा बोल्दै उनले आफु माओवादी जनयुद्धका र संकटकालको अवस्थामा पनि माओवादीमै रहेर जनताका अधिकारका पक्षमा काम गर्दै आएकाले अहिलेको खुल्ला अवस्थामा कदापी कांग्रेसी हुन नसक्ने बताए ।
उनले सो क्षेत्रमा विभिन्न वहानामा नेपाली कांग्रेस समर्थक र उम्मेदवार रिजालले जनतामा भ्रम छर्दै हिडेको समेत बताए ।
उनले भने ‘ डा आउँदैछ भनेर गाउँमा हल्ला फिजाउँछन् ।
डा. भनेपछि उपचार हुनेरहेछ भनेर सर्वसाधारण जनता जुन यो क्षेत्रका प्राय सवै बाम समर्थक हुन् उनीहरु उपचार भन्ने नाउँमा जाँदा नाम टिप्ने अनि कांग्रेसमा प्रवेस ग¥यो भनेर भ्रम छर्दैछन् ।
दुई दिन अघि काग्रेसमा ३ सय ५३ जना प्रवेस गरेको समाचार प्रकासन र प्रसारण भएको पनि गलत प्रचार भएको थारुले बताए ।
यस्तै कांग्रेमा प्रवेश गरेको भनेर जवरजस्ती कुप्रचार भएपनि स्थानि बाम समर्थक स्माइल अन्सारि, लुद्रकुमार माझि थारु, वेदनारायण चौधरी, जनकलाल चौधरी, गोरेलाल चौधरी, सन्तोष धामी, राजेश धामी, कैलाश चौधरी, कृष्णकुमार चौधरीले आफुहरु वाम समर्थक र कार्यकर्ता भएकाले गलत समाचारको खण्डन गरेका छन् ।
उनीहरुले कांग्रेसले जबरजस्ति रकमको प्रलोभन दिने, रकम बाट नभए कांग्रेस प्रवेश ग¥यो भन्ने गलत वप्रचार गर्ने र त्यतिले मात्र नपुगे विधिन्न किसिमकबा धम्की दिने गरेको आरोप लगाएक ाछन् ।
नोट ः प्रमाणका लागि अडियो भिडियो साथमा छ ।

Post a Comment