Websoft University

तीन सय ८० जनाको स्वास्थ्य उपचार

राजविराज,मंसिर ४ गते । रातो तारा डट कम, सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकाअन्तर्गत हनुमाननगरमा शनिबार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

सप्तरी युथ नेपाल र सवल नेपालको सहयोग तथा गौरीशंकर दास स्वास्थ्य अभियानको नेतृत्वमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा त्यहाँ रहेका व्यक्तिको स्वास्थ्य जाँच गर्नुका साथै दाँतको उपचारसमेत गरिएको छ ।

करिब आधा दर्जन विशेषज्ञ चिकित्सकद्वारा ३८० जनाको स्वास्थ्य उपचार गरिएको सप्तरी युथ नेपालका अध्यक्ष श्रवणकुमार देवले जानकारी दिनुभयो । यस्तै २०० व्यक्तिको दाँतको उपचारसमेत गरिएको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.