Websoft University

किसानलाई डिप बोरिङ


सुरुङ्गा, झापा,  मंसिर ४ गते । रातो तारा डट कम,
भद्रपुर नगरपालिकाले मेची पारिका किसानलाई डिप बोरिङ वितरण गरेको छ ।

भारतीय सीमावर्ती नाकासँग जोडिएको भद्रपुर–३ स्थित मेची नदी पारिको बस्तीमा करिब १५० घरपरिवार बसोवास गर्दै आएका छन् । सरकारको सीमा क्षेत्र विकास कार्यक्रमअन्तर्गत भद्रपुर नगरपालिकाले किसानलाई डिप बोरिङ उपलब्ध गराएको हो ।

नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ, कार्यकारी अधिकृत काजीमान राईसहितको टोलीले गाउँमै पुगेर सातवटा डिप बोरिङ वितरण गर्नुभएको हो ।

नगरपालिकाले डिप बोरिङ उपलब्ध गराएपछि किसान हर्षित भएका छन् । बस्तीका अधिकांश बासिन्दाको जीवन निर्वाहको आधार खेती नै रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.