सुनसरी -ईटहरी असार २४ गते । रातो तारा डट कम,कोशी अञ्चल यातायात व्यवस्था सवारी कार्यलयमा काम गर्ने दलालहरुले नक्कली विल र एउटै विलबाट एक भन्दा बढिको कारोबार गर्ने गरेको पाइएको छ ।
(हेर्नुस् त बिल)
एउटै विल नम्बरको इन्ट्रि गरि एक भन्दा बढिको कारोबार गरेको अवस्थामा इलाका प्रहरी कार्यालय इटहरीले एक जना लाई पक्राउ गरेको छ । उनी पक्राउ परेसँगै इटहरी स्थित यातायात कार्यालयमा हुने राजश्व छलिका घटना नरोकिएको खुलासा भएको छ ।
दलालहरुले ग्लोबल आईएमई बैंकको नक्कली विल प्रयोग गरी कर्मचारीको मिलेमतोमा सेवाग्राहीलाई ठगि गर्दै राजश्व छलि गरेको पाइएको हो ।
इनरुवाका रामनारायण मण्डलले मोटरसाईकल नविरकण गर्दा ग्लोबल आईएमई बैकको भौचरको ४४७९३०५ नम्वरको दुई वटा विलमा बैकले २१३९७१ नम्वरमा इन्ट्री भएको छ । एउटा भौचरमा को२५ प८४१३ नम्बरको मोटरसाईकलको नविकरण बापत ६ हजार ३ सय राजशव काटेको उल्लेख गरिएको छ । तर सोही नम्बरको अर्को विलमा को२५ प८४१३ नम्बरमा ३ हजार ३ सय राजश्व र अर्को को२५प ९०१५ नम्बरको मोटरसाईकलको राजश्व ३ हजार भनी उल्लेख गरिएको छ ।
एउटै नम्बर इन्ट्रि गरिएको बिल भौचरमा दुई फरक फरक विवरण उल्लेख गरिएको छ । जसलाई बैंक र यातायात कार्यलयले छाप लगाएर प्रमाणीत पनि गरेको छ । यसरी सेवाग्राहीलाई एउटा बिल दिने र कार्यलयमा अर्को इन्ट्रि गर्ने गरेको देखिएको छ ।
एउटा विलमा थोरै रकम र अर्कोमा धेरै रकम देखाएर राजश्व छलि गरी सेवाग्राही ठगि गरेको देखिएकाले एक व्यक्तिलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी नरेश सुवेदीले जानकारी दिनुभयो । दलालहरुले ग्लोवल बैकको विल र यातायात कार्यलयको छाप समेत किर्ते गरी सेवाग्राहीलाई झुक्याउँने गरेको पाइएको उहाँले बताउनुभयो ।
प्रहरीले रामधुनी नगरपालिका घर भएका अमित कुमार चौधरीलाई पक्राउ गरेको छ । चौधरी इटहरीमा स्याटा टेनिङ प्रा।ली। र नेपाल जनरल मार्केट प्रा।ली मा काम गर्ने लेखन्दास हुन । उक्त प्रा।लीका सञ्चालक पुण्यप्रसाद पौडेलले लामो समय देखि यसरी नै काम गर्ने गरेको पक्राउ परेका चौधरीले प्रारम्भिक बयान दिएको प्रहरीको भनाई छ ।
नक्कली विल भौचर प्रयोग गरी कार्यलयका छापको दुरुपयोग गर्नेलाई पक्राउ गरी कारबाही गर्ने प्रहरी नायव उपरिक्षक सुवेदीले बताउनुभयो ।
यातायात कार्यलयमा राजश्व छलिमा तत्कालिन कार्यलय प्रमुख सहित अन्य ५ जना कर्मचारीलाई दोषी ठहराई विगो माग दावी सहित अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरिसकेको छ ।तर यातायात कार्यलयमा खुलेयाम घुम्ने दलालहरुले कर्मचारीलाई प्रभावित पार्दै राजश्व छलि गरिरहेका छन् ।
Post a Comment