Websoft University

देशका विरुद्ध ल्याएको संविधान संशोधनको प्रस्ताव एमालेलाई मान्य नहुने


विराटनगर असार २४ गते । रातो तारा डट कम,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले देशका विरुद्ध ल्याएको संविधान संशोधनको प्रस्ताव एमालेलाई मान्य नहुने बताएका छन् । संविधान संशोधनमा सहमति जुटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले सक्रियता बढाइरहेका बेला प्रतिपक्ष पार्टीका अध्यक्ष ओलीको यस्तो भनाइ बाहिर आएको हो ।

स्थानीय तहको चुनाव सम्पन्न नभएसम्म संविधान संशोधनको प्रस्ताव अगाडि नबढाउने कवुल गरेको स्मरण गदै ओलीले भने – सत्ता पक्षले हामीसँग प्रदेश २ को स्थानीय तह निर्वाचन सकेपछि मात्रै संशोधन प्रस्ताव ल्याउने सहमति गरेर यसलाई तत्कालै अघि बढाउने तयारी गरेको छ, यो हाम्रो पार्टीका लागि मान्य हुँदैन ।

आफ्नो गृहनगर झापाको दमकमा आयोजित विजय उत्सवमा सहभागी हुन जाने क्रममा विराटनगर विमानस्थलमा ओलीले प्रतिपक्षसँग सल्लाहसमेत नगरी सत्तापक्षले जबरजस्ती संशोधन अघि बढाए त्यसको प्रतिरोध गर्ने चेतावनी दिए ।

ओलीले संविधान संशोधन प्रस्ताव फिर्ता गरेर सुरुदेखि नै यसबारे छलफल गर्नुपर्ने बताए । ओलीले संविधान संशोधनको नयाँ प्रस्तावबारे छलफल गर्न एमाले तयार रहेको समेत प्रष्ट पारे ।

राजपा मोहरा मात्रै बनेका हुन
ओलीले दुई नम्वर प्रदेशको चुनाव तेश्रो चरणमा गर्न मिति सार्ने काममा सत्तापक्षले राष्ट्रिय जनता पार्टीलाई मोहरामात्र बनाएको आरोप लगाएका छन् । उनले काग्रेसले दुई नम्वर प्रदेशमा चुनाव हार्ने डरले राजपालाई अघि सारेर मोहरा बनाएको दाबी गरे ।

उनले दुई नम्वर प्रदेशमा हुने स्थानीय तहको तेश्रो चरणको चुनावमा पनि एमालेले ५० प्रतिशत भोट ल्याउने दावी गरे । उनले भने दुई नम्वर प्रदेशका जनता अहिले पनि एमालेको पक्षमा छन् ।

अध्यक्ष ओलीले स्थानीय तहको दौश्रो चरणको चुनावको नतिजाबाट एमाले सन्तुष्ट हुन नसकेको बताए । ‘एक नम्बर प्रदेशवाट जुन खालको रिजल्ट आएको छ, त्यो रिजल्टवाट एमाले सन्तुष्ट छैन,’ ओलीले भने, ‘कांग्रेसले यतिका मत कसरी ल्यायो रु अचम्म लागेको छ ।’ ओलीले जनतालाई बुझाउन नसक्दा कांग्रेसले धेरै भोट पाएको बताए ।

विराटनगर विमानस्थलमा स्वागत गर्न पुगेका विराटनगर महानगरपालिका, एमालेका तर्फवाट मेयरका उम्मेदवार रहेका विनोद ढकालललाई पहिलो भेटमा सान्त्वनासमेत दिएका थिए । अलाइन खबरबाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.