
किशन शाही- केराबारी माघ २५ गते । २०७३,
रातो तारा डट कम-अग्लो र बान्की परेको जीउ डाल टिपिक्क चोलीमा चिटिक्क परेकी दुई युवति जव स्टेजमा उत्रिए स्टेज अगाडी उभिएका दर्शकहरुले भन्दै थिए आज मोर्डलिङको प्रर्दशन हुन्छ कि क्या हो ।

दर्शकको खुल्दुलीलाई मेट्न जव कार्यक्रम संञ्चालक हर्कले लोकगायिकाको नामले ती सुन्दरीहरुलाई गीत गाउँन स्टेजमा माइक्रोफोन दिए सवै दर्शकले तालि बजाए । कार्यक्रमको माहौल एकाएक तातियो ।
अनि सुरु भयो दुइ युवतिको लोक दोहोरी ।सररर आऊ माया रुखको झ्याङपारी........मैले तिमीलाई नसम्झे त दिक्क लाग्छ घरीघरी अहिलेको आधुनिक युवापूस्ताका अधिकांस युवायुवतिले मन पराउने लोक भाकाको गीत गायर चर्चामा आएकी गायिका द्धय मीना लामा र चिजा लामाले लक्ष्मी माविको स्वर्ण महोत्सवमा मंगलवार यसरी गीत गाइरहदा धेरै दर्शकहरुले खुलेर नाचे ।
उनीहरुको प्रस्तुती देखेर स्टेजमा वसेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ललित तामाङ मात्रै होइन सभासद डिक वहादुर लिम्बू र सामान्य प्रशासन मन्त्री केशवकुमार वुढाथोकी काने खुशी गर्दै थिए । एकैछिमा मन थाम्न नसकी जुरुक्क उठे र त्यही ताल र लयमा मन्त्री वुढाथोकी कम्मर भाची भाची
नाचे । मन्त्री नाचेको देखेर अरु सवै अतिथीहरु पनि के कम कार्यक्रम स्थल नै अतिथीहरुको नृत्यले भरियो ।
कमाउने त म छदैछु तिमीलाई मेरो साहु बनाइदिउला,विहे नभएको साच्ची हो आउनेसाल छोराको बाउ वनाइदिउला ....... यसरी लोक गायिका चिजाले सायरी भन्ने वितिक्कै युवाहरु भुतुक्कै भएका थिए ।
माया पोको पारेर दिउाल माया सारेर समहालेर राख है जाले रुमालैमा जस्ता आधा दर्जन लोक भाकाका चर्चित गीतहरु गाएर दर्शकलाई छम छमी नचाएकी चिजा र मीनाको गायन प्रस्तुतीलाई धेरै दर्शकले मन मात्रै पराएनन गायन प्रस्तुती पछि पनि फोटो सेसनमा स्थानीय युवाहरु समेत आर्कषित वनेका थिए ।
कार्यक्रममा विद्यालयका कलाकारहरुले आर्कषक नृत्य तथा गीत गाएर मनोरञ्जन समेत दिलाएका थिए ।
फोटो क्याप्सन
गायिकाद्धय गीत प्रस्तुत गर्दै
स्टेजमा उपस्थित सामान्य प्रशासन मन्त्री सभासद सहितका अतिथीहरु र स्टेज अगाडी दर्शकहरु छम छमी नाच्दै
Post a Comment