Websoft University

विश्व बैङ्कको लघु अनुदान कार्यक्रमबाट पूर्वाञ्चलका किसानहरु कृषि तथा पशु सेवातर्फ आत्मनिर्भर हुदैै




विराटनगर, माघ २५ गते । २०७३, रातो तारा डट कम -
कृषि तथा पशु सेवामा किसानहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले पूर्वाञ्चलमा व्यवसायिक कृषि तथा व्यापार आयोजना कार्यक्रम सञ्चालनमा रहेको छ ।


        आयोजनाका प्रमुख भानुभक्त मैनाली
विश्व बैङ्कको अनुदानमा सञ्चालित यस कार्यक्रमका साथै पहाडी जिल्लामा सञ्चालित लघु अनुदान कार्यक्रमबाट समेत गरी रु २८ करोडभन्दा बढी रकम अनुदानको रुपमा वितरण गरिएको छ ।

यस अनुदानमार्फत किसानहरु कृषि तथा पशु सेवातर्फ आत्मनिर्भर हुनुका साथै व्यवसायिकरण गर्ने तर्फ अग्रसर भएको देखिन्छ । यस क्षेत्रमा व्यवसायिक कृषि तथा व्यापार आयोजनामार्फत सञ्चालित पन्द्रहवटा संयुक्त आयोजना र ४४ वटा उपआयोजना सञ्चालनमा छन् ।

सोमध्ये सप्तरीमा ६, झापामा तीन, सिरहामा तीन, र सुनसरी, उदयपुर, र खोटाङमा एक–एकवटा आयोजनाहरु सञ्चालनमा रहेका छन् । कार्यक्रम छनोटका लागि गरिएको चौंथो आह्वानद्वारा सञ्चालित यस कार्यक्रमको माध्यमबाट किसानहरुबीच रु १८ करोड ६८ लाख ७२ हजार ४१८  विश्व बैङ्कको अनुदानको रकम वितरण गरिएको छ ।

यसका साथै किसानका रु ३१ करोड २२ लाख ५६ हजार २०३ गरी कूल रु ४९ करोड ९१ लाख ३९ हजार ६२१को लागतमा यो कार्यक्रम सञ्चालनमा रहेको कृषि तथा व्यापार आयोजनाको कार्यालय विराटनगरले जनाएको छ ।

निजीस्तरमा आयोजना सञ्चालकलाई आयोजनाको लागतको ३० प्रतिशत र समूह वा सहकारीमार्फत आयोजना सञ्चालकलाई अनुदान रकम ५० प्रतिशत दिने गरिएको सो आयोजनाका प्रमुख भानुभक्त मैनालीले जानकारी गराउनु
भयो ।

आयोजना सञ्चालकले पेश गरेका आवेदनको वस्तुस्थिति अध्ययन गरी केन्द्रबाट छनोटमा परेका संस्थालाई रु १४ लाखदेखि ९९ लाखसम्म अनुदान रकम उपलब्ध गराइएको
छ ।

निजीस्तरमा र सहकारीमार्फत सञ्चालित आयोजनाको कार्य प्रगतिको आधारमा तीन किस्तामा रकम उपलब्ध गराउने नितीअनुरुप अधिकांसलाई दुई किस्ता उपलब्ध गराइएको
हो ।

२०७३ जेठ महिनादेखि प्रक्रिया सुरु भएको यस कार्यक्रममार्फत छनोटमा परेका संस्था वा व्यक्तिसँग गत मङ्सिरमा सम्झौंता भई कार्य द्रुतगतिमा भइरहेको छ । यो आयोजनाको अवधि एक बर्ष मात्र रहेकाले आउँदो डिसेम्बर महिनामा  योजना सम्पन्न हुनेछ ।

छनोटमा परेका जिल्लाका किसान वा सहकारीले खासगरी कृषि कार्यक्रमअन्तर्गत तरकारी खेती,माछा खेतीका लागि र  पशुसेवातर्फ दूधको डेरी, बङगुरपालन, कुखुरापालनका लागि अनुदान रकम प्राप्त गरेको बताइएको छ ।

अनुदान रकम वितरण गरिएपछि कार्य प्रगतिको अध्ययन गर्नका लागि विश्व बैङ्कका प्रतिनिधि, कृषि मन्त्रालय,विभाग,राष्ट्रिय योजना आयोगका उच्च पदस्थ पदाधिकारीहरु र कार्यालयबाट पनि  पटक– पटक अनुगमन कार्यलाई निरन्तरता दिने गरिएको आयोजना प्रमुख मैलानीले जानकारी गराउनुभयो ।

पूर्वाञ्चलका सोलुखम्बु,खोटाङ,सङ्खुवासभा र ओखलढुङगा गरी चार हिमाली र पहाडी जिल्लामा लघु अनुदान कार्यक्रम सञ्चालन गरिएको छ । उक्त कार्यक्रममार्फत रु नौं करोड ८५ लाख वितरण गरिएको हो ।

आव ०७१÷०७२ देखि सुरु भएको यो कार्यक्रमअन्तर्गत किसानहरुसँग २०६ वटा सम्झौंता भएको थियो । सोमध्ये १६ जनाले सम्झौंता गरेर पनि किस्ता लिन नआएको र २३ जनाले दोश्रो किस्ता लिन नआएको सो कार्यालयले जनाएको छ।

असार मसान्तमा सम्पन्न हुने यस कार्यक्रममार्फत किसानहरुलाई अदूवा,किवी,दूधको उत्पादन,बङ्गुर र कुखुरापालनका लागि अनुदान रकम उपलब्ध गराइएको
थियो ।

यस कार्यक्रममार्फत किसानहरुलाई बढीमा रु पाँच लाखसम्म अनुदान रकम उपलब्ध गराइएको बताइएको छ ।उक्त अनुदान रकमको सहयोहबाट किसानहरु लाभान्वित भएका छन् ।

ओखलढुङ्गाका शुभलक्ष्मी डेरीलाई रु पाँच लाख अनुदानको रकम उपलब्ध गराएपछि सो डेरीले राम्रो आम्दानी गरिरहेको कार्यालय प्रमुख मैनालीले बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.