Websoft University

औषधि खरिदका लागि थप १२ करोड रुपैयाँ निकासा



काठमाडौं, माघ २५ –गते । औषधिको अभाव तत्कालका लागि रोक्न सरकारले १२ करोड थप रकम निकासा गरेको
छ । स्वास्थय मन्त्रालयले सम्बन्धित जिल्लाको जनसंख्या हेरेर न्युनतम ५ लाख रुपैयाँदेखि १५ लाख रुपैयाँ छुट्टएको हो ।

थप गरिएको रकम सम्बन्धित जिल्लामा पुुगिसकेकाले धमाधम औषधि खरिद भइरहेको स्वास्थ्यमन्त्री गगन थापाका सल्लाहकार प्रताप पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार गोरखा, प्युठान र म्याग्दीमा टेण्डर गरिएका औषधि पुग्न बाँकी छ ।

तर ५ लाख रुपैयाँ बराबरको औषधि भने सम्बन्धित जिल्लाले खरिद गरिसकेका छन् । यस्तै सिटामोल लगायतका केही औषधिको अभाव भए जिल्लाले क्षेत्रिय स्वास्थ्य निर्देशनालयमा पनि सम्पर्क गर्न सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

क्षेत्रीय कार्यालयमा अभाव देखिएका केही औषधिको ढुवानी भइसकेको मन्त्रालयले जनाएको हो । कुनै कारणवश औषधिको अभाव भए वा रकम नपुगे सम्बन्धित जिल्लाले केन्द्रमा खबर गरे २४ घण्टा भित्रै रकम वा औषधि उपलब्ध गराउने मन्त्रालयले यस अघि नै जनाइसकेको छ

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.