सुनसरी,माघ २५ गते । रातो तारा डट कम -
धरान १३ स्थित हतुवाली सेकुवा कर्नरमा आज विहान आगलागी हुदा तीन लाख रुपैया भन्दा बढीको क्षति भएको
छ ।
विहान करिब २ बजेको समयमा विजुली सर्ट हुदा शिव पराजुलीको घरमा विगत एक बर्षदेखि होटल सञ्चालन गर्दै आएका रमेश थापाको सो सेकुवा कर्नरमा अगलागी हुदा होटल सञ्चालनका लागि राखिएको २ वटा फ्रिज, दुई वटा र्याक, किरान पसलमा रहेका सम्पूर्ण समाग्री, दुई वटा स्मार्ट फोन, २ वटा मिक्चर, बुफर, डिभिडी लगायतका सामाग्री
पूर्ण रुपमा नष्ट भएका छन् ।
विहान होटलबाट धुवाको मुस्लो निस्केपछि गाउलेहरुले सटर फोडेर आगो नियन्त्रणमा लिएका थिए ।
Post a Comment