भक्तशेर लिम्बू-
बेलबारी, माघ २५ गते । २०७३,रातो तारा डट कम -
लिम्वुवान राष्ट्रिय मुक्ति मोर्चाद्धारा आयोजित दुईदिने विषयगत राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रमको मंगलवार धरानमा शुरु भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै नेता गुरुङले नेपालमा साम्रज्यवादीहरुको दलालको कारण राष्ट्र समुन्नत हुन नसकेको बताउदै नेपालमा साम्रज्यवादीहरुको दलाल नगर्दा राजा विरेन्द्रको वंशको नाश भएको अनि मदन भण्डारीको हत्या भएको बताएका छन् । राजा ज्ञानेन्द्रले साम्राज्यवादीको दलाली गरेका कारण राजगद्दी रोहण गरेको गुरुङले बताएका छन् ।
दुईदिन सम्म चल्ने प्रशिक्षण कार्यक्रममा माओवादी नेता वर्षमान पुन, गोपाल किराती, आहुती, सावित्रीकुमार काफ्ले, मौसम लिम्बू लगायतले प्रशिक्षण दिने भएका छन् । कार्यक्रममा पूर्वका नौ जिल्ला सहित उपत्यकाका तीनवटै जिल्लाका पदाधिकारी सहित करिव तीन सय जनाको सहभागिता रहने भएको छ ।
उद्घाटन कार्यक्रम मोर्चाका महासचिव पकन्दी लिम्बूको संचालन र मोर्चाका अध्यक्ष मुक्साहाङ मेन्याङ्वोको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा चेतना श्रेङ, किरात राष्ट्रिय मोर्चाका उपाध्यक्ष अशोक राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
Post a Comment