Websoft University

नेपालगञ्ज घटनामा मोर्चाले भन्यो,‘ राज्य दमनको देश भर प्रतिकार हुन्छ’

010920161007121-1000x0
सुनसरी । राजसस्थाको पुर्नस्थापना र हिन्दु राष्ट्र स्थापनाको माग गर्दै क्रान्तिको तयारी गरिरहेको सिनेट श्रेष्ठ नेतृत्वको बृहद राष्ट्रबादी मोर्चाले राजा बिरेन्द्रको सालिक स्थापना कार्यक्रममा प्रहरीले हस्तक्षेपसहित गरेको दमनका विरुद्ध देशब्यापी रुपमा प्रतिक्रार गर्ने चेतावनी दिएको छ ।
संयोजक श्रेष्ठले आज एक बक्तब्य निकालेर प्रजातान्त्रिक मुलुकमा जनताले आफ्नो भावना समेत प्रस्फुटन गर्न नपाउने कस्तो प्रजातन्त्र भनि प्रश्न गर्दै अब मोर्चाले विभिन्न आन्दोलनको नाममा भत्काईएका ऐतिहासिक महत्वका सालिक देशै भरी स्थापनाको अभियान चलाउने र त्यसमाथि दमन गर्न खोजिए देशैभरी एकैसाथ प्रतिकारमा उत्रने चेतावनी दिएका छन ।
बिहीबार विहान नेपालगञ्जमा २०६२–०६३को जन आन्दोलनका क्रममा आन्दोलनकारीले तोडफोड गरेर भत्काइएको स्वर्गीय राजा वीरेन्द्रको शालिक राष्ट्रवादी युवाहरूको समूहले । पुनः नेपालगन्जको धम्बोझी  चोकमा राखेका थिए ।
नेपालको राष्ट्रिय झन्डा राखिएको धम्बोझी चौकमा प्रहरीलाई झुक्याउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी समर्थक युवाहरूको समूहले राजा वीरेन्द्रको शालिक राखेका हुन् । राजा वीरेन्द्रको शालिक राखेपछि युवाहरूले ‘राजा आउ देश बचाउ’ भन्दै नाराबाजीसमेत गरेका थिए।
युवा समूहले वीरेन्द्रको शालिक राखेपछि प्रहरी र युवाहरुबीच केहीबेर झडपसमेत भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको थियो। राखेको शालिक प्रहरी प्रशासनले हटाए त्यसको डटेर प्रतिकार गर्ने युवाहरूले बताएका छन्।
धम्बोझी चोकमा स्थिति तनावग्रस्त बन्दै गएपछि ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ। नेपालगञ्जका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थका अनुसार अहिले प्रहरीले उक्त स्थानलाई आफ्नो नियन्त्रणमा राखेको छ।
010920161007121-1000x0

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.