Websoft University

चिनले अनुमोदन गर्‍यो जलवायु सम्झौता

भदौ १८ – चीनले पेरिस जलवायु सम्झौता अनुमोदन गरेको छ । चीनको माथिल्लो सदनले सम्झौता अनुमोदन गरेको चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
चीन जलवायु परिवर्तकाको कारक कार्बनडाइअक्साइड ग्यास सबैभन्दा बढी उत्सर्जन गर्ने देश हो । चीन र अमेरिकाले संयुक्त रुपमा जलवायु सम्झौता अनुमोदन गरेको औपचारिक घोषणा गर्ने तयारी छ । उनीहरुले जि २० को सम्मेलन अघि सम्झौता अनुमोदनको घोषणा गर्ने छन् । पेरिसमा भएको जलवायु सम्मेलनले गएको डिसेम्बरमा सम्झौता तयार पारेको थियो । सम्झौतामा औषत तापक्रम वृद्धी दुई डिग्री सेल्सियस भन्दा कम राख्नका लागि कार्बनडाइअक्साइड ग्यासको उत्सर्जन घटाउने उल्लेख छ ।
यो सम्झौता ५५ प्रतिशत काबर्नडाइअक्साइड उत्सर्जन गर्ने देशले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने छ । चीन र अमेरिकाले अनुमोदन गरेपछि ४० प्रतिशत पुग्नेछ । यो विश्वकै विस्तृत जलवायु सम्झौता हो । 
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.