Websoft University

उज्वेकिस्तानका राष्ट्रपतिको निधन, पुष्टी हुन बाँकी

काठमाडौं, भदौ १८ । उज्वेकिस्तानका राष्ट्रपति इस्लाम कारिमोभको निधन भएको टर्की सरकारले जनाएको छ । उज्वेक सरकारका तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन ।
टर्कीका प्रधानमन्त्री बिनाली इल्दिरिमले पत्रकारहरुसँग राष्ट्रपति कारिमोभको निधन भएको जानकारी दिएका हुन् ।
उज्वेक सरकारले राष्ट्रपति कारिमोभलाई ब्रेन हेमोरेज भएपछि गत साता अस्पताल भर्ना गरिएको र अवस्था चिन्ताजनक रहेको बताएको थियो ।
कारिमोभले सन् १९८९ यता उज्वेकिस्तानको सत्ता सम्हाल्दै आएका थिए । कारिमोभका कुनै उत्तराधिकारी नरहेको र त्यहाँको सञ्चार माध्यम सरकारको नियन्त्रणमा रहेको वीवीसीले जनाएको छ ।
कारिमोभको यसअघिनै निधन भइसकेको हल्ला चलेपनि उच्च तहका कुटनीतिज्ञहरुले उनको निधनको पुष्टि गरेपछि समाचार बाहिर आएको बीबीसीले जनाएको छ । (एजेन्सी)
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.