Websoft University

पहिरोका कारण हालसम्म ३ जनाको मृत्यु-एकजना बेपत्ता


बिराटनगर,भाद्र १८गते । हिजो साँझ देखिको अविरल वर्षाका कारण ताप्लेजुङ नगरपालिकाको दोखु क्षेत्रमा यत्रतत्र पहिरो गएको छ । पहिरोका कारण हालसम्म ३ जनाको मृत्युभएको छ भने एकजना बेपत्ता भएका छन् ।
पहिरोमा परी ताप्लेजुङ नगरपालिका २ निरौला टोलका २८ वर्षीय विमला मगर र उनका ९ र ७ वर्षीय छोराहरु मनोज र ललित मगरको मृत्यु भएको  प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए । घरमाथिबाट झरेको पहिरोमा उनिहरु पुरीएका थिए । पुरीएका तीनै जनाको शव नेपाल प्रहरी, नेपाली सेना र स्थानियको सकृयतामा निकालेको छ ।
पहिरोले परेका सुब्बेनी माइली बेपत्ता भएको र सुब्बेनी कान्छी भनेर चिनिने कृष्णकुमारी पालुङवालाई उपचारकालागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको छ ।
दर्जन बढी ठाउँमा पहिरो झरेकाले पन्छाउन दिउँसोसम्म लाग्ने पाण्डेले बताए । पहिरो पन्छाउन सडक विभाग र ताप्लेजुङ नगरपालिकाको स्काभेटर प्रयोग गरिएको छ । सडक कतिपय ठाउँमा माथिबाट पुरेको छ भने कतिपय ठाउँमा सडकनै बगाएको स्थानीयले बताएका छन् ।
२०७३/०५/१८ गते



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.