Websoft University

हत्या अभियोगमा विस वर्ष कैद भएका फरार पक्राउ

फरार पक्राउको लागि तस्बिर परिणाम

सिरहा, भाद्र १८  गते। अदालतबाट कैद तथा जरिवाना फैसला भएका प्रतिवादीहरु पक्राउ गर्ने सिलसिलामा सिरहा प्रहरीले कर्तव्य ज्यान मुद्दामा बिस वर्ष कैद भएका फरार एक जनालाई हिजो पक्राउ गरेको छ। पक्राउ पर्नेमा साविक सिरहा असनपुर गाविस वडा नम्बर ८ घर भई हाल गोलबजार नगरपालिका ६ का ३२ वर्षिय बिनोद कुमार यादव छन्। 
यादव उपर सिरहा जिल्ला अदालतले मिति २०७१।११।१८ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा बिस वर्षको कैद सजाय सुनाएको थियो। फैसला संगै फरार रहेका यादवलाई विशेष सुराकी परिचालन गरी इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेन्द्र कुमार उपाध्यायको नेतृत्वमा रहेको टोलीले हिजो विहान उनकै घरबाट पक्राउ गरेको हो।  
पक्राउ पश्चात यादवलाई हिजै फैसला कार्यान्वयनकालागी सिरहा अदालतमा उपस्थित गराईएको उक्त कार्यालयले जनाएको छ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.