Websoft University

अन्तर्राष्ट्यि युवा दिवसमा विविध कार्यक्रम हुँदै


विराटनगर, साउन २७ गते । हरेक वर्ष अगष्ट १२ तारिखका दिन मनाइदै आएको अन्तर्राष्ट्यि युवा दसलाई यस वर्ष पनि विविध कार्यक्रम गरी मनाइने भएको छ । जिल्ला युवा समिति मोरंगको अगुवाईमा जिल्लाका चार दर्जनबढी संघसंस्थाको सहकार्यमा यो दिवस मनाउन लागिएको जिल्ला युवा समिति मोरंगका अध्यक्ष रविन थापाले विराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी गराउनु भएको हो ।

गरिवी उन्मुलनमा युवा प्रतिवद्धता, उत्पादन र उपभोगमा आत्मनिर्भरता भन्ने मूल नाराका साथ मनाईने यस वर्षको युवा दिवसमा युवहरुको अहम् भूमिकालाई प्रष्ट्याउँदै राज्यबाट उपलब्धसेवा सुविधाका विषयमा जानकारी दिइने उद्देश्य राखिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
दिवसलाई भव्य रुपमा मनाउन जिल्ला युवा समिति मोरंगका अध्यक्ष रविन थापाको अध्यक्षतामा ३० सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ ।
कार्यक्रम अन्तर्गत शुक्रबार दिउँसो २ बजे महेन्द्रचोकबाट जिल्लाभरिका युवा सहभागी र्याली निकालिने जनाइएको छ । सो अवसरमा अन्तरक्र्रिया, सडक नाटकका साथै साँझ ६ बजे स्थानीय महेन्द्र चोकमा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.