Websoft University

आज अन्तर्राष्ट्रिय युवा दिवस मनाईंदै


काठमाडौं, साउन २८ – अन्तर्राष्ट्रिय युवा दिवस, शुक्रबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदै छ । अन्तर्राष्ट्रिय युवा दिवस १९९९ देखि संसारभर मनाउनल थालिएको हो ।

संयुक्त राष्ट्र संघले युवाका मुद्दालाई स्थापित गर्न हरेक अगस्ट १२ तारिखलाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा  घोषणा गरेको छ । युवा दिवस मनाईंरहँदा नेपालमा युवा बेरोजगारको समस्या बढ्दै गएको छ । सीप र दक्षता अनुसारको काम नपाउँदा हरेक वर्ष चार लाख भन्दा धेरै युवा विदेशिने गरेका छन् ।
यस्तै युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले नेपालका एक करोड सात लाख युवालाई रोजगारीको राम्रो अवसर दिनु पर्ने बताउनु भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बिहीबार भएको कार्यक्रममा मन्त्री श्रीपाइलीले संविधान कार्यान्वयन, भूकम्प पीडितलाई राहत र पुनःनिर्माणमा युवाको ठूलो भूमिका रहेकाले उनीहरू क्रियाशील हुनु आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक विष्णुप्रसाद गौतमले कोषले ७३ जिल्लामा ६ सय वित्तिय संस्था मार्फत २८ हजारभन्दा धेरै युवालाई रोजगारी दिइएको बताउनुभयो । युवा दिवसका अवसरमा विभिन्न विधामा विशेष योगदान दिएका ६ जना युवा उद्यमीलाई सम्मान गरिएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.