Websoft University

शुद्घ पानी र सफा खानेकुरा मात्र खाने गरोै।


बिराटनगर, साउन २८ गते । इपिडमियोलोजी शाखाका प्रमुख डा. गुणनिधि शर्माका अनुसार यो मौसम झाडापखालको प्रकोप बढ्ने समय हो । राजधानी लगायत मुलुकको केहि भागमा देखिएको झाडा–पखाला हैजाको प्रकोप जारी छ । यो सम्भवत: कात्तिकसम्म देखिन सक्ने आकलन विज्ञहरुको छ ।   
देशको विभिन्न भागमा वर्षेनी यो समय झाडा पखाला/हैजाको संक्रमण देखिने क्रम दशक‌ौंदेखि रोकिएको छैन । १९ औं शताब्दीमा हैजा भारतमा भएको गंगा नदीको डेल्टा क्षेत्रबाट विश्व भरी फैलिएको हो । 
सामान्य शब्दमा भन्ने होभने हैजाले संक्रमित व्यक्तिको दिसा मिसिएको पानी वा खाद्य पदार्थ खाए पछि हुन्छ । अर्थात कुनै पनि रुपमा हैजा संक्रमित व्यक्तिको दिसा स्वस्थ व्यक्तिको मुखको माध्यमले शरिरमा पुगे पछि यो रोग लाग्न सक्छ ।
 
हैजा र झाडा–पखाला उस्ता उस्तै लागे पनि दुवै फरक रोग हो । अनियन्त्रित रुपमा चौलानी जस्तो पातलो दिसा हुने रोग झाडा पखाला (डाईरिया) हो । तर यदि यस्तो पखाला व्याक्टेरियम भिव्रियो कोलेरी नामक जिवाणुको संक्रमणले गर्दा भएको हो भने यसलाइ हैजा (कलेरा) भनिन्छ । 
विश्व स्वास्थ्य संगठन (डव्लूएचओ) का अनुसार हैजा तिव्र गतिले फैलिने आन्द्रा सम्वन्धि संक्रमण हो । यो संक्रमण मुखको माध्यमले दिशावाट संक्रमित पानी र खानामा रहेको व्याक्टेरियम भिव्रियो कलेरी जिवाणु शरिर भित्र प्रवेश गरे पछि हुन्छ । हैजाले तिव्र गतिले आन्द्रामा आक्रमण गर्छ । आन्द्राको कोशिकावाट बढी मात्रामा पानी निस्किन थाल्छ र चौलानी जस्तै दिसा हुन थाल्छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अनुसार मुलुकमा हैजाको प्रकोप फैलाउन भिव्रियो कलेरी ‘ओ १’ र ‘ओ १३९’प्रजाति जिम्मेवार छ ।  डब्लुएचओका अनुसार ८० प्रतिसत हैजाको रोगीलाई ओरल रिहाइड्रेसन साल्ट (ओआरएस) ले निको पार्न सकिन्छ । मुख्य रुपमा नुन, चिनीको मिश्रण रहेको ओआरएसलाई हामी वोलचालको भाषामा ‘जीवन–जल’ समेत भन्छौं । 
एक लिटर शुद्घ पानीमा एक प्याकेट जिवनजलद्वारा वनाइएको घोललाई दिसा गएको मात्रा अनुसार नै खाँदै रहदा पखालाले हुने विगारबाट जोगिन सकिन्छ ।
हैजाको संक्रमण भएको केहि घन्टा देखि ५ दिन सम्ममा लक्षण शुरु हुन्छ । एक पटक लक्षण प्रकट भए देखी ३ देखी ६ घन्टामा घातक रुप लिन सक्छ । यस अन्तर्गत रक्तचाप कम हुनुको साथै विरामी ‘शाँक’को अवस्थामा जान्छ । 
हरेक २० जना संक्रमित मध्ये करिव एकलाई यो गम्भिर रोग हुन्छ जसमा पानी जस्तै दिसा, वान्ता र खुट्टा काम्छ । यस्तो रोगीको शरिरवाट तरल पदार्थको तिव्र गतिले निस्केर शरिरमा पानीको कमी र झड्का जस्तै लाग्छ । यस्तो स्थितिमा सही उपचार नहुँदा शरिरमा पानीको कमी र मृगौला काम गर्न छाडेर केहि घन्टामै रोगीको मृत्यु हुन्छ । 
डब्लुएचओको अनुसार करिव ८० प्रतिसत हैजा संक्रमित व्यक्तिलाई भने कुनै लक्षण देखिदैन । जवकी उनीहरुको दिसामा हैजाको जिवाणु भने संक्रमण भएको ७ देखी १० दिनसम्म रहने गरेको छ । यसले वातावरणसंगै अन्य स्वस्थ व्यक्तिलाइ समेत हैजाले संक्रमित पारि राखेको हुन्छ ।  
झाडा पखाला भन्दा हैजाले स्वस्थ वयस्कलाई केहि घन्टा मै मार्न सक्छ । रोग प्रतिरोधक क्षमता कम भएकाहरु, कुपोषित वालवालिका, बुढापाका, एचआईभी संक्रमितहरु हैजाको संक्रमणमा परे मृत्यु हुने सम्भावना बढी हुन्छ । झडा पखाला, हैजा देखिए तुरन्त स्वास्थ्यकर्मीको सल्लाहमा उपचार शुरु गर्नुपर्छ ।
अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसि) का अनुसार हैजाको व्याक्टेरिया कम गहिरो नदी र तटिय पानीमा समेत रहन सक्छ । शेलफिसद्वारा खाईने काचो पदार्थ पनि हैजाको सोत हुन सक्छन् । यो रोग एक व्यक्तिवाट अर्कोमा सिधै फैलिंदैन । यसैले संक्रमित व्यक्तिसंग सम्पर्क गर्नाले रोगी हुने कुनै खतरा भने रहन्न । 
संक्रमणबाट कसरी जोगिने ? 
हैजा, झाडा पखाला वाट जोगिने सवै भन्दा राम्रो उपाय बाह्य, प्रदुषित खाद्य पदार्थ र पानीबाट टाढा रहनु हो । यस समय खुल्ला कुवा, हैन्ड पम्प मात्र नभइ ग्यारेन्टी नभएका शंकास्पद पानी समेत उमालेर,  क्लोरिन या आयोडिन हालेर खानु पर्छ । हैजावाट बच्न पहिलो र सवै भन्दा प्रभावकारी मुल मन्त्र व्यक्तिगत स्वक्षतासंगै खानेपानी र खाद्य पदार्थको सुद्घतामा ध्यान दिनु नै हो । 
गतवर्ष राजधानीमा जारको पानी खाने करिव पचास प्रतिशत मानिसहरु हैजाको शिकार भएका थिए । त्यस पछि धारा र टयांकरका पानी खानेहरुहरुमा हैजा बढी देखिएको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका डा. शेर बहादुर पुन बताउँछन । यस पटकको हैजा, झाडापखालामा समेत संक्रमित व्यक्तिले उपयोग गर्ने पानीको स्थिति पोहोरको दाँजोमा फरक देखिएको छैन । 
जारमा भरेको पानी देख्ने वित्तिकै सामान्य व्यक्ति यो खान सुरक्षित रहेको ठान्नु सवै भन्दा ठुलो गल्ती हुने जनाउदै डा. पुनले शंकास्पद वा अनाधिकृत जारको पानी समेत उमालेर वा अन्य उपायले संक्रमण मुक्त गरेर मात्र खाने सल्लाह दिन्छन् ।  
यस्तै हैजा, झाडा पखालाको मौसममा समेत नभएर सधैभरी खाना खानु अघि र शौचालय गए पछि सावुन पानीले नियमित हात धुन कहिले न विर्सौं । भाडाकुँडाको सफाई नियमित गरौं । त्यसै राखिएको सफा भाँडोमा समेत ब्याक्टेरियाको हमला हुन सक्छ । 
सलाद खाँदासमेत गाजर, मुला, प्याज आदिलाइ सक्रमण मुक्त गरेर मात्र उपयोग गर्नु पर्छ । धेरै समय देखी राखिएको कुनै पनि तरल पदार्थ त्यसै खानु हुँदैन । यसलाई उमालेर सेलाए पछि मात्र खानु पर्छ । फलफुल खानु अघि संक्रमण मुक्त पानीले धोएर मात्र त्यसको बोक्रा ताच्छनु पर्छ । 
भान्सामा भएको कप ग्लास,  चम्चालगायत खानामा उपयोग गरिने सम्पुर्ण भाडाकुँडा, समान उपयोग गर्नुभन्दा अघि क्लोरिन हालेर संक्रमण मुक्त गरिएको पानीले सफा गर्नु समेत लाभदायक हुन्छ । प्रकोप फैलिएको ठाउँमा सम्भव भएसम्म हात धुँदा समेत संक्रमणमुक्त पानीको प्रयोग गर्नु आवश्यक मानिन्छ । 
उसो त होटलमा खाना खानेहरु लाइ यो समय विशेष चनाखो हुनुपर्छ । राम्ररी पाकेको तातो खाना खानु पर्छ । खाना पस्कने व्यक्तिमा लक्षण नदेखिने हैजा भए त्यसबाटसमेत संक्रमण हुने सक्ने डा.पुन बताउँछन ।  
डव्लुएचओले ८८ प्रतिशत झाडा पखालाको कारण असुरक्षित पानी, अपर्याप्त सरसफाई र स्वक्षताको कमी रहेको जनाएको छ । डव्लुएचओकै तथ्याङ्क अनुसार सरसफाईमा सुधारले झाडा पखालाले हुने मृत्यु ३२ प्रतिशत सम्म कम गर्न सकिन्छ । यस्तै खानेपानीको गुणस्तरमा सुधारले ६ देखि २५ प्रतिसतसम्म झाडा पखालावाट हुने मृत्युदर कम गर्न सकिन्छ । 
स्वच्छ पानी, सरसफाई, व्यक्तिगत स्वच्छता, हात धुनु, जस्ता स्वास्थ्य शिक्षाले ४५ प्रतिशतसम्म झाडा पखालाको संक्रमण कम गर्न सकिने डव्लुएचओले जनाउँदै आएको छ । 
अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन(सिडिसि)का अनुसार हैजाको ब्याक्टेरियावाट दुषित खाना वा पानी खादा कुनै पनि व्यक्तिलाई हैजा हुन सक्छ । महामारीको समय सामान्यतय यो संक्रमित व्यक्तिको दिसाबाट फैलन्छ । यो रोग त्यस्तो ईलाकामा तिव्र गतिले फैल्न्छ जहाँ मलमुत्रको सफाई र खाने पानीको समुचित व्यवस्था हुदैन । 
लक्षण
अचानक पातुलो दिसा हुन थाल्नु
शुरुमा खैरो पातुलो पछि चौलानी जस्तै दिसा हुनु
कहिले काही वाकवाकी र वान्ता समेत हुनु
अत्याधिक तिर्खा लाग्नु, तिर्खाले गर्दा मुर्छा समेत हुनु
शरिरमा अत्याधिक पानीको कमीले छाला, मुख घाटी सुक्न थाल्नु
पिसाव धेरै कम र गहिरो पहेलो हुनु
नाडीको गति तिव्र र कमजोर हुनु
धेरै जसो समय ज्वरो आउँदैन 
उपचार
शरिरमा पानी र नुनको मात्रा तत्काल पुरा गरेर हैजाको सामान्य र सफलतापूर्वक उपचार गरिन्छ । यसमा दिसा भएको अनुपातमा रोगीले जीवन जल (ओआरएस) खानु पर्छ । यो घोल चिनी र नुनले वनाइएको मिश्रण हो । झाडापखालाको उपचारको लागि सम्पुर्ण विश्वमा यो मिश्रणको उपयोग गरिन्छ ।
डव्लुएचओका अनुसार करिव ८० प्रतिशत रोगीहरु ओआरएसद्वारा उपचार गरिन्छन । गम्भिर स्थितिमा नसाको माध्यमले मुख्यतया सलाइन पानी शरिरभित्र पुर्याइन्छ । समुचित तरिका र समयमा यो घोलको कारण एक प्रतिसत भन्दा पनि कम रोगी मर्ने गरेका छन् । एन्टिवायोटिक औषधीले रोगलाई गम्भिर हुनबाट रोक्छ र यसको अवधि कम गर्छ । तर शरिरमा पानीको मात्रा कायम राख्नु भन्दा बढी महत्वपुर्ण यो हुदैन । जुन व्यक्तिलाई गम्भिर झाडापखाला र वान्ता होस तथा त्यस्तो क्षेत्रमा जहाँ हैजा फैलिने गरेको होस तत्काल चिकित्सा सहायता लिनु जरुरी
हुनेछ । अनलाइन खबरबाट,

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.