Websoft University

नमुना गाउँ पालिका बन्ने सम्भावना वढ्यो

— किशन शाही



केराबारी । मोरङको उत्तरी पहाडी क्षेत्रका ५ गाविसलाई मिलाएर एउटै गाउँ पालिका बनाउने आधार तयार भएको स्थानीय तह पुनर्सरचनाका नागरीक अभियन्ताहरुले बताएका छन् ।
    मोरङलाई सुगम जिल्लाका रुपमा हेरिएपनि चारकोसे जंगलदेखि उत्तर तर्फ रहेको,धनकुटाको सिमानासंग जोडिएको पाटी , सिंहदेवी , यांगशिला र केराबारी सहित भोगटेनीका ५ ओटा वडालाई समेटि गाउँ पालिका बनाउने विषयमा विभिन्न चरणमा स्थानीयवासीसंग भएको छुटाछुटै छलफलपछि अभियानका रुपमा रहेको राजनीतिकर्मीहरुले यस्तो निश्कर्ष निकालेका हुन् ।



मोरङका पश्चिमउत्तर क्षेत्रमा रहेका दुर्गम पहाडी ४ गाविस सहित केरावारीलाई मिलाएर  नमुना गाउँ पालिका बनाउँन कसैले रोक्न नसक्ने भन्दै प्रस्तावित ५ गाविसलाई मिलाएर बन्न लागेको गाउँ पालिका नमुना गाउँ पालिका बन्नसक्ने आधार तयार भएको नेकपा माओवादी क्रान्तिकारीका जिल्ला सदस्य तिलक थापा मगरले बताउनुभयो । केराबारी गाविसको अगुवाईमा भएको अभियानको विभिन्न चरणमा भएको छलफलका क्रममा पाटी, सिंहदेवी, यांगशिलाका अधिकांस र भोगटेनीका १,२,३,४र ५ वडाका वासिन्दा समेत केरावारी केन्द्र बनाएर गाउँ पालिका बनाउन इच्छुक देखिएकाले अव गाउँ पालिका बनाउन कसैले रोक्न नसक्ने गाउ पालिकाका अभियन्ता जंग भूजेलले बताएका छन् ।
इतिहासमा एक चोटी मात्र हुने राज्यको पुनर्सरचना जस्तो ऐतिहासिक अवसर हाम्रो जेनेरेसनले पाउनु भाग्यशाली भएको भन्दै थापाले यो अवसरलाई सकारात्मक रुपमा लिई यस क्षेत्रलाई नमुना गाउँ पालिका बनाउँन लागि परेको बताउनुभयो । मोरङको खदम खोला प्राकृतिक श्रोत साधनले सम्पन्न भएकाले पनि यस क्षेत्रको प्राकृतिक श्रोत साधनमाथि विभिन्न क्षेत्रवाट आर्कषण बढेको बढेको र यस क्षेत्रलाई टुक्याउन खोजेको स्मरण गर्दै केराबारीलाई कुनैपनि हालतमा टुक्रन नदिन एक हुनुपर्ने उहाँको धारणा थियो ।
त्यसतै प्रस्तावित गाउँपालिका भित्र पर्यटनको प्रशस्तै सम्भाना रहेको खदम क्याम्पसका प्रमुख टेकवहादुर थपलियाले बताउनुभयो । पाटी गाविसको वडा नम्वर ६ स्थित साना किसान तथा सहकारी संस्थाको सभाहलमा स्थानीयवासीसंग विहिवार भएको अन्र्तक्रिया तथा छलफल कार्यक्रममा राज्यको पुनर्सरचना अन्र्तगत गाउँ पालिका बनाउने वारेमा अवधराण पत्र प्रस्तुत गर्दै थपलियाले पानि ढल प्राकृतिक सम्पदा ,पर्यटकिय क्षेत्र,र भुबनावट र स्थानीय श्रोतवाट आम्दानीको प्रसस्त अवसर भएकाले मोरङको नमुना गाउँ पालिका बन्न सक्ने सम्भावना रहेको थपलियाले बताउनुभयो ।
 गाउँ पालिका बनाउँन जनसंख्याको मापदण्ड तोकिएता पनि जनसंख्या मात्र सवैथोक नभएको भन्दै पाँचओटा गाविसलाई मिलाउदा २ सय ७२.१५ वर्गकिलोमिटर क्षेत्रफल रहने भएकाले यस क्षेत्रलाई विशेष क्षेत्रको रुपमा प्रस्ताव गरी गाउँ पालिका बनाउन सकिने थपलियाको तर्क छ । भुगोलका आधारमा गाउँ पालिका बनाउँन कम्तिमा १४५ वर्गकिलोमिटर हुनुपर्ने प्रावधान छ । गाउँ पालिका बनाउँने विषयमा केरावारी गाविसले प्रस्तावित गाविसहरुका प्रतिनीधि स्थानीयवासीको राय सल्लाह सुझाव लिन अभियानको रुपमा भोगटेनी, पाटी, यांगशिलाको माथिलो भागको ठाउँमा अन्र्तक्रिया सम्पन्न गरेकोछ भने यस क्षेत्रलाई विशेष क्षेत्रको रुपमा लिएर गाउँ पालिका बनाउँन सकिने आधारहरु तय गर्दै जनतालाई समेत राज्यको पुनर्सरचनावारे शुसुचित गराई रहेको केराबारी गाविस अध्यक्ष शान्तिराम दाहालले बताउनुभयो । राज्यको पुनर्सरचना जस्तो संवेदनशिल तथा प्राविधिक कुरामा आयोगले गाउ गाउस्तरबाट जनताको राय सुझाव लिनुपर्ने भएता पनि राजनीतिक स्वार्थ तथा दाउपेजमा गाउ पालिका नगरपालिकाहरुको पुनर्सरचना नहोस भन्नका लागि पनि जनतालाई सुशुचित गरिरहेको दाहालले वताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.