Websoft University

रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण गर्न इन्जिनियरिङ सर्वे सुरु

काठमाडौं, साउन २९ गते । नेपाल र भारत दुई देशका विशेषज्ञसहतिको उच्चअधिकारीहरुको टोलीले रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण पूरा गर्न विस्तृत इन्जिनियरिङ सर्वे सुरु गरेको छ ।
परियोजनाको द्रूत कार्यन्यवनमा तत्परता देखाउँदै भारतीय पक्ष आफ्नो टोली खटाएको हो। इण्डियन आयल कर्पोरेशन (आइओसी)को पाइपलाइन कन्सट्रकसन उपमाहाप्रबन्धक (डिजिएम) राजेश कुमारले भारतीय टोलीको नेतृत्व गरेका छन्। नेपाल तर्फको नेतृत्व भने नेपाल आयाल निगमको टोलिले गरिरहेको छ।
इन्जिनियरिङ सर्वे पूरा भएपछि पाइपलाइन निर्माणका लागि टेण्डर आह्वान गरिने नेपाल आयल निगमको तर्फबाट पाइपलाइन योजनाका संयोजक भानुभक्त खनालले बताए।
‘ठेक्का भएको ३० महिनाभित्र पाइपलाइन निर्माण पूरा गरी सञ्चालनमा ल्याउने लक्ष्यसाथ काम अघि बढिरहेको छ,’ खनालले भने।
सर्वे टोलीले पाइपलाईन भित्रिने र अमलेखगन्जसम्म पुग्ने ‘रुट’ निर्धारण गर्न लागेको छ। त्यससँगै निर्माण पाइपलाइन निर्माण गरिने ठाउँमा पर्ने अवरोध व्यवस्थापन गर्ने काम निर्धारण गर्न लागेको छ।
पाइपलाइन निर्माण सम्बन्धमा गत जेठ २४ र २५ गते भारतको राजधानी दिल्लीमा भएको नेपाल तथा भारतका उच्च अधिकारीहरुको बैठकमा जग्गा अधिग्रहण, प्राविधिक सर्वे र भन्सारसँग सम्बन्धित सम्पूर्ण कार्यहरु तुरुन्त गर्ने सहमति भएअनुसार कामअघि बढेको हो।
रक्सौलदेखि बाराको अमलेखगन्जसम्म ४१ किलोमिटर लाउमा उक्त पाइपलाइन नेपालमा पेट्रोलिमय आयातका लागि उक्त पाइपलाइन महत्वपूर्ण मानिएको छ।
‘भारतीय गाउँ रक्सौलको सीमास्थित अहिरवा टालाबाट सिर्सिया नदी मुनिबाट पाइपलाइन नेपाल प्रवेश गर्ने छ, सीमा जोड्ने मितेरीपुल र शंकराचार्य द्वारको बीचतिर पाइपलाइनको नेपाल प्रवेशविन्दु हुनेछ,’ खनालले भने, ‘समान्य ठाउँमा करिब ६ फिट गहिरो खनेर पाइप लगाइने छ, १५ मिटर गहिरोसम्म जानु पर्ने खालको ठाँउ पनि छन्।’ प्रेवेशबिन्दु यता वीरगन्ज भन्सारस्थित मुख्य सडक भएर पाइप आउने छ । रजतजयन्ती चोकदेखि भने बाइपास सडकखण्ड हुदैं ल्याइने र बहुअरीदेखी त्रिभुवन राजपथ हुँदै अमलेखगन्ज पुर्याइने बताइएको छ।  किनारदेखि ३ मिटर भित्र सडकतिर जमिन मुनीबाट पाइप लगिने छ ।
जग्गा प्राप्त गरिसकेको ६ महिनाभित्र निर्माण सिध्याएर, ३० महिनाभित्र पाइपलाई संचालनमा ल्याइ सकिने खनालले बताए। नापीविज्ञ र प्राविधिक बिषेशज्ञ इन्जिनियरहरु सम्लित टोलीले प्रविधिक अध्ययन सहित तयार गरेको खाका अनुसार पाइपलाईन निर्माण अघि बढाइने उनको भनाइ छ। टोलीले बिहीबारदेखी काम थालेको हो । 
नागरिक बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.