Websoft University

अर्घसैनिक दस्ता बनाउदै राजावादीद्वारा क्रान्तिको घोषणा



बिराटनगर, श्रावन ३१ गते।  पूर्वमन्त्री दिलबहादुर श्रेष्ठका छोरा सिनेट श्रेष्ठ विगत छ महिनादेखि आफ्नो पुख्र्यौली कामत जिरायतमा डेराडन्डा कसेर बसेका छन ।
लामो समयसम्म काठमाडौ, थाईल्याण्ड, लण्डन र इन्डोनेसिया बसेका उनी एकाएक ६ महिनाअघि मात्रै इनरुवा आएर किन डेराडण्डा कसे सबैको चासोको विषय बनेको छ ।
उनी इनरुवा मात्रै आएनन । यहाँ बसाई सुरु गरेसँगै उनले राजसस्था र हिन्दु राष्ट्र स्थापनाको नाममा बृहद राष्ट्रबादी मोर्चा नेपाल स्थापना गरेर राजनीतिको सुरुवात नै गरे । हरेक राजनीतिको सुरुवात राजधानीबाट हुने गरेको भए पनि उनी सुनसरी जिल्ला त्यसमा पनि इनरुवा नगरपालिकाको पीछडिएको क्षेत्र जिरायतबाट त्यसको सुरुवात गर्दैछन ।





जिरायतलाई नै हेडक्वाटर बनाएर उनले अहिले ७५ जिल्लामा रहेका र विदेशमा रहेका राजाबादी, धर्मबादीहरुसँग सम्बन्ध स्थापित गर्दै संगठन बिस्तारमा ब्यस्त छन । उनी आफ्नो हेडक्वाटर जिरायतमा भईरहेका गतिविधीहरु फेसबुकमार्फत नियमित जसो सार्वजनिक गरिरहन्छन । जसमा झण्डै सेनाको जस्तो एउटै पोसाक लगाएका युवाहरुको समूह हुने गर्दछ । यसले कतै उनी जिरायतमा बसेर भूमिगत संघर्षको तयारी त गरिरहेका छैनन धेरैमा आशंका छ ।
सिनेट भन्छन,‘ हामीसँग नेपाली सेना, नेपाल प्रहरी र माओवादी आन्दोलनमा योगदान गरिसकेका जुझारु युवाहरु छन । उनीहरु संगठित भएपछि प्रतिरक्षाकोलागि कला सिक्नु र सिकाउनु स्वभाविक हो ।’
उनी अहिले जिरायत बनाएर संगठन विस्तार सँगै क्रान्तिको तयारीमा छन । सिनेट भन्छन,‘ हामी आन्दोलन गर्दैनौ । आन्दोलनले परिवर्तन ल्याउन सक्दैनौ किनकी हामीले दलले गरेको धेरै आन्दोलन देखिसकेका छौ । त्यसैले हामीले क्रान्ति गर्छौ । जनतालाई संगठित गरेर सुनसरी जिल्लाबाट क्रान्तिको विगुल फुक्छौ । क्रान्तिको अन्तिम रुप हतियारसहितको आन्दोलन हो । आवश्यक परे त्यसकोलागि हामी पछि पर्दैनौ ।’
अहिले जिरायतमा बसेर युवाहरुले गरिरहेको तालिमलाई उनी प्रतिरक्षाको लागि भएको दावी गर्छन । सिटेन थप्छन,‘ हामीले राष्ट्रकोलागि मर्नु परे पनि मर्न तयार छौ भनेर उद्घोष गरिसकेका छौ । बाध्य भए शसस्त्र आन्दोलनकोलागि पनि पछि पर्दैनौ ।’



भदौ भित्रमा मोर्चाको औपचारिक घोषणा गरेर आफ्नो अभियानलाई अघि बढाउने योजनामा काम गरिरहेका सिनेट पहिलो चरणमा मोर्चाले राष्ट्र र जनता विरुद्ध काम गर्नेलाई आफूलाई सच्याउन चेतावनी दिने र त्यसबाट पनि नसुध्रिए भौतिक कारवाहीसम्ममा जाने रणनीतिमा छन ।उनी भन्छन,‘ कम्यूनिष्ट आन्दोलन झापाबाट सुरु भयो, माओवादी आन्दोलन रोल्पा रुकुमबाट सुरु भयो अब हिन्दु राष्ट्र र राजसस्थाको लागि क्रान्ति सुनसरीबाट सुरु हुन्छ ।’




बुबा दिलबहादुर श्रेष्ठले कहिल्यै नमर्ने उपाय मसँग छ त्यो भनेको असल काम गरे सधै नाम जीवित हुन्छ भनेर भनेको विषयले आफू जन्मभूमि इनरुवामै केही गर्नुपर्छ भन्ने मान्यताले आएको दावी गर्दै उनले वर्णमालासँग भने,‘ पहिला मैले अरु कुनै दलबाट राजनीति सुरु गरौ कि भन्ने सोचेको थिए तर कुनै पनि दल र नेताहरु आफ्नो स्वार्थभन्दा माथि उठ्न नसकेको देखेपछि नेपालको एकताको प्रमुख तत्व राजसस्था र हिन्दु धर्म स्थापनाकोलागि काम गर्नु पर्छ भनेर मोर्चा निर्माणमा लागेको हुँ ।’
पूर्वराजा ज्ञानेन्द्रसँग नजिक रहेका सिनेटले इनरुवामा उनी आउँदा बृहद कार्यक्रम गराएर लामो पैदल यात्रासमेत गराएका थिए ।
उनी राजा र हिन्दु राष्ट्रमाथि प्रहार गरेर नेपालको राष्ट्रिय एकता तोडेकोले यसलाई अब कुनै पनि दलले जोडन नसक्ने दावी गर्दै राष्ट्रिय एकता कायम गर्न राजसस्था र हिन्दु धर्म पुनःस्थापना गर्नु पर्ने बताउँछन । सिनेटको तर्क छ,‘ मुलुकको एकता गर्न पृथ्वी नारायण शाह, प्रजातन्त्रकोलागि त्रिभुवन, राष्ट्रबादकोलागि महेन्द्र, शान्तिको लागि विरेन्द्र र २१ औं शताब्दिको नेपाल िनर्माणकोलागि ज्ञानेन्द्रले योगदान दिएका छन त्यसलाई अघि बढाउनु पर्छ ।’
– अशोक पौड्याल

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.