Websoft University

काभ्रेमा यात्रुबस दुर्घटना, ३१ जनाको मृत्यु, ३५ बढी घाइते, हेलिकोप्टर मगाइयो

 

काभ्रे, साउन ३१ । काभ्रेको बिर्तादेउरालीमा सोमबार दिउँसो यात्रुबहाक बस दुर्घटना हुँदा कम्तिमा ३१ जनाको मृत्यु भएको छ । काठमाडौंबाट काभ्रेको कोसीपारी जाँदै गरेको बा३ख १०६ नम्बरको बस बिर्तादेउराली–७ खहरेखोलानजिकैको डाँडाबाट करिब ४ सय ५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । उद्धारमा गएको प्रहरी टोलीले घटनास्थलमा ३१ ओटा शव संकलन गरिसकेको र अन्यको खोजी भइरहेको जनाएको छ । शवहरु रुखहरुमा अड्किएको अवस्थामा भेटिएको पनि प्रहरीले जनाएको छ । दुर्घटनामा अरु ३५ जनाभन्दा बढी घाइते भएको अनुमान गरिएको छ । कच्ची बाटोका कारण घाइतेहरुलाई अस्पताल ल्याउन कठिनाइ भइरहेकाले हेलिकोप्टर मगाइएको पनि प्रहरीले जनाएको छ । घटनास्थल धुलिखेलबाट ६५ किलोमिटर मिटर टाढा पर्दछ । कच्ची बाटोमा गाडी ‘ओभरलोड’ भएकै कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
-इमेज खबरबाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.