Websoft University

चन्दा बिबादले नेता निलम्बित


उदयपुर, साउन ३२ । नेत्र बिक्रम चन्द ‘बिप्लव’ नेतृत्व  बिप्लब माअोवादी उदयपुरमा कार्यकर्ताबिच चन्दा कसले बढि उठाउने भन्ने बिषयमा चरम बिवाद देखिएको छ । जिल्लामा पार्टी सेक्रेटरी केदार कुमार राई र जिल्ला नेता सुदिप शर्मा समुहबिच देखिएको अार्थिक विवादमा शर्मा समुहलाई कारवाहि भएपछि विवाद सतहमा अाएको हो ।
राई समूहले सोमबार एक विज्ञप्ती जारी गर्दै पार्टी निति तथा हितविपरित चन्दा उठाएको भन्दै पार्टी सदस्य सुदिप शर्मालाई कारबाही गरेको जनाएको छ । विभिन्न सामुदायिक वन उपभोक्ता समूह, उपभोक्ता समिति, निजी विद्यालय र सरकारी तथा गैरसरकारी कार्यालयहरु लगायतमा कस्ले रकम पहिला उठाउने भन्ने विवादमा राई समूहले शर्मा समूहलाई कारर्वाही गरेको हो ।
माओवादीको कार्यालय सचिव अमृत खत्रीद्धारा जारी गरिएको प्रेस विज्ञप्तीमा पार्टी सदस्य शर्माले पार्टीको नाममा विभिन्न गतिविधि गरि संगठनलाई बदनाम गर्ने काम गरेकाले पार्टी सदस्यबाट छ महिनाको लागि निलम्बन गरिएको उल्लेख गरेको छ । विज्ञप्तीमा शर्माले विभिन्न ब्यक्तिहरुसंग मोटरसाइकल चालक अनुमति पत्र बनाइ दिन्छु भन्दै रकम असुलेको र नक्कली लाइसेन्स दिने गरेको, नेपाल प्रहरी र विद्युत प्राविधिकरणमा जागिर लगाई दिन्छु मोटो रकम असुलेकाले कारबाही गरेको उल्लेख छ ।
पार्टीद्धारा प्रकाशित विज्ञप्तीमा शर्माले विभिन्न ब्यक्ति समुहसंग आर्थिक संकलन गरि हिनामिना गरेको आरोप पनि लगाएका छन । सोमवार बसेको जिल्ला पार्टीको बैठकले शर्मालाई कारबाही गर्ने निर्णय भएको उल्लेख छ ।
तर कारर्वाहीमा परेका शर्माले व्यक्तिगत प्रतिशोधको कारण आफूलाई कार्वाही गरिएको बताएका छन । उनले भने ‘सेक्रेटरी राई सँग विभिन्न संस्था र ठेकेदारसँग उठाएको रकमको हिसाव किताव खोज्दा निष्कासन गरिएको हो ।’ सेक्रेटरी राईले पार्टी नामका उठाएको रकमले मोटरसाईकल खरिद गरेको, विभिन्न व्यवसायमा लगानी गरेको र जग्गा समेत खरिद गरेको कुरा पार्टीमा उठाउदा आफूलाई अप्ठ्यारो पर्ने भएकाले कावार्ही गरेको भन्दै विज्ञप्ती निकालेको शर्माले आरोप लगाए ।

शर्मा विप्लब माओवादीको युद्धकालिन कार्यकर्ता हुन भने राई पहिलो संविधान सभाको निर्वाचन पछि एमाले त्यागी एमाओवादी, बैद्य माओवादी हुदै विप्लब माओवादीमा प्रवेस गरेका हुन । विप्लब समूहमा युद्धकालिन एका दुई बाहेक अधिकांश कार्यकर्ता शान्ति प्रक्रिया पछि माओवादीमा लागेका समूहबाट रहेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.