Websoft University

क्षमताभन्दा बढी यात्रु बोके गाडीको रूट परमिट र चालकको लाइसेन्स खारेज हुँने।

 
बिराटनगर , भदोै १ गते । सिट क्षमताभन्दा बढी यात्रु चढाउने गाडीको तत्काल रुट परमिट र चालकको लाइसेन्स खारेज हुने भएको छ । क्षमताभन्दा बढी यात्रु बोकेकै कारण काभ्रेमा सोमबार बस दुर्घटना भएको निष्कर्ष निकाल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अब सवारी कानुन उल्लंघन गर्ने सबै सार्वजनिक गाडी, तिनका मालिक र चालकलाई कडा कारबाही गर्ने निर्णय गरेको हो ।
मन्त्रालयले यातायात व्यवस्था विभाग तथा सडक विभागका अधिकारी, यातायात व्यवसायी, नेपाल प्रहरी र ट्राफिक प्रहरी अधिकृतसहित सरोकारवालासित मंगलबार बैठक गरी यस्तो निर्णय गरेको हो ।
बैठकले सिट क्षमताभन्दा बढी यात्रु चढाएको पाए तत्कालै गाडीको रुट परमिट (सडकमा सञ्चालन अनुमति) तथा चालकको लाइसेन्स खारेज र अधिकतम दण्ड जरिवाना गर्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले जानकारी दिए ।

उनका अनुसार मन्त्रालयले मालवाहक गाडीले यात्रु र यात्रुवाहकले सामान बोकेको पाइए गाडीको रुट परमिट, चालकको अनुमति खारेज गर्ने र अधिकतम दण्ड जरिवाना गर्ने निर्णयसमेत गरेको छ । 
मन्त्रालयले बढ्दो गाडी दुर्घटना रोक्न सवारी कानुनमा भएका कमी कमजोरी हटाउन यातायात व्यवसायी, मजदुरसहित सबै सरोकारवालासित परामर्श गरी १० दिनभित्र ऐनको संशोधनको मस्यौदा तयार पार्ने निर्णय गरेको लेखकले जनकारी दिए ।
मन्त्रालयले सवारी उल्लंघन गरी चलाउने गाडी, तिनका चालक र मालिकहरूलाई तत्काल ठाउँको ठाउँ कडा कारबाही गर्न सबै जिल्ला प्रशासन, यातायात कार्यालय र सरोकारवालालाई निकायलाई निर्देशन दिएको छ ।

उनका अनुसार मन्त्रालयले यातायात व्यवसायीसहित सबै सरोकारवालालाई राखेर कति गाडीको रुट परमिट खारेज भयो, कति चालक अनुमतिपत्र रद्द गरियो, कति जनामाथि कारबाही भन्नेबारेमा तीन/तीन महिनामा समिक्षा गर्ने निर्णयसमेत गरेको छ । कान्तिपुर अनलाइन
२०७३/०५/१ गते, अंक ४७

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.