Websoft University

चीनबाट महत्त्वपूर्ण सहयोग हुने नेपालको अपेक्षा।


काठमाडौं, भदोै  १ गते । चीनले नेपालको शान्ति र राजनीतिक स्थायित्वका लागि राजनीतिक शक्तिहरूले मिलेर काम गर्नुपर्नेमा जोड दिदै नेपालमा उच्चस्तरीय राजनैनिक भिजिट हुँने संकेत समेत दिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रूपमा उत्तरी छिमेकी चीन भ्रमणमा रहेका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासँग हिजो मंगलबार भएको भेटमा चिनियाँ विदेशमन्त्री वाङ यीले भने, ‘हामी चाहन्छौं नेपालका राजनीतिक शक्तिहरूमिलेर  देशमा शान्ति, राजनीतिक स्थायित्व र विकास प्रक्रियामा संयुक्त रूपमा मिलेर काम गरून् ।’
चिनियाँ विदेश मन्त्रालयको विज्ञप्तिअनुसार उपप्रधानमन्त्री महराले नेपालको शान्ति, स्थायित्व र संविधान कार्यान्वयनमा चीनबाट महत्त्वपूर्ण सहयोगको अपेक्षा गरिएको बताएका थिए ।
नेपालमा नयाँ सरकार बनेकोमा स्वागत गर्दै वाङले सरकार परिवर्तनका कारण दुई देशबीचको मित्रवत् सम्बन्ध, पारस्परिक विश्वास र लाभदायी सहकार्यमा कुनै परिवर्तन नआउने अपेक्षा व्यक्त गरेको जनाइएको  छ। 
२०७३/०५/१ गते,अंक ४७

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.