Websoft University

स्थानीय निकायको निर्वाचन चाँडोभन्दा चाडो गराउन माग



विराटनगर, साउन २७ गते । राप्रपा नेपाल, विराटनगर उपमहानगरपालिका समितिले स्थानीय निकायको निर्वाचन चाँडोभन्दा चाडो गराउन माग गरेको छ । स्थानीय निकायमा जननिर्वाचित प्रतिनिधि नहुँदा विकास निर्माणमा आफूखुसी गर्ने गरेको, गुणस्तरमा ह्रास आएको, जनताको हितविपरीत स्वार्थमा बजेट खर्च गर्ने प्रबृत्ति बढेको राप्रपा नेपालले आरोप लगाएको छ ।
जनसहमति र जनसहभागितमा कर लिनुपर्नेमा प्रजातान्त्रिक पद्दति विपरीत जनतालाई थाहै नदिई जनतामाथि कर थोपर्ने प्रवृत्ति बढेको राप्रपा नेपालले जनाएको छ ।
राप्रपा नेपाल नगर समिति विराटनगरले आज पत्रकार सम्मेलनको आयोजना गर्दै उपमहानगरपालिकाले तोकेको कर गरिव जनतालाई शोषण र सम्पन्न धनी व्यक्तिलाई पोषण गर्ने गरी तयार गरिएको भन्दै नयाँ कर लागू नगर्न माग गरेको छ ।
राप्रपा नेपाल नगर समितिका अध्यक्ष दुर्गाबहादुर अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ – जेष्ठ नगारिकलाई सरकारले बढाएको जेष्ठ नागरिक भत्ता दशैंअगाडि नै हात हातमा पु¥याउन तथा विराटनगरको दुःखको रुपमा रहेको चिसाङ र केशलिया नदिलाई नियन्त्रण गर्न पनि जोडदार माग गरिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.