Websoft University

भारतमा छोरी दिवस मनाईँदै


बिराटनगर, श्रावन २७ गते / बढ्दो भ्रुण हत्या रोक्न भारतमा बिहीबार छोरी दिवस मनाईँदैछ । भारतका महिला तथा बाल विकास मन्त्री मेनका गान्धीको नेतृत्वमा छोरी बचाउ अभियान अन्तर्गत छोरी दिवस तथा सप्ताह मनाउन लागिएको बिबिसीले जनाएको छ ।

लिंग परीक्षण गरी छोरी भए भु्रण हत्या गर्ने क्रम घटाउन, देशको लैंगिक अनुपात सन्तुलित बनाउन साथै छोरीलाई शिक्षित बनाउन सप्ताहव्यापी कार्यक्रम हुन लागेको हो । छोरी, बुहारी तथा नातिनीलाई विशेष महत्व दिँदै समाजिक संजालमा पनि यो दिवस मनाउन अभियान चलाइएको छ । अभियानका क्रममा सामाजिक संजालमा छोरी, बुहारी तथा नातिनीसँगको फोटो पोस्ट गर्न आग्रह गरिएको छ । भारतमा छोरीको वर्षेनी लाखौं भ्रुणको हत्या हुने तथा दाइजो नल्याएकै कारण हरेक दिन २२ महिलाको हत्या हुने गरेको छ । यस्तै हरेक २२ मिनेटमा एक महिलाको बलात्कार हुने र हरेक ५ मिनेटमा एक महिला घरबाटै हिंसामा पर्ने गरेको तथ्यांक छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.