Websoft University

नेविसंघको २९ गते निर्वाचन हुने।


बिराटनगर, साउन २७ गते। प्रतिनिधि विवाद हल भएसँगै नेविसंघको महाधिवेशनको बन्दसत्र आजै देखि सुरु हुने भएको छ । ११ जिल्लामा विधिवत् अधिवेशन नगराई भागबण्डाका आधारमा प्रतिनिधि सहभागि गराईएपछि उत्पन्न विवादले बन्द सत्र सुरु हुन सकेको थिएन ।
आईतबार उद्घाटन भएर रोकिएको महाधिवेशनको बन्दसत्र 
आज देखि सुरु हुने जानकारी नेविसंघका अध्यक्ष रंजित कर्णले दिनुभएकोछ ।

कर्णका अनुसार महाधिवेशन थप तीन दिन लम्बिने भएको छ । बन्द सत्र सुरु गर्ने र निर्वाचनका लागि मतदाताहरुको नामावली आजै प्रकाशित गर्ने कार्यक्रम रहेको छ । 
शुक्रबार  मनोनयन दर्ता गरी २९ गतेमात्रै निर्वाचन हुने भएको छ । महाधिवेशन तीन दिन लम्बिदा संघलाई करिव डेढकरोड रुपैयाँको आर्थिक व्ययभार बढेको कर्णलेबताए।   हिजो सम्मका लागि मात्रै भोजन र आवासको व्यवस्था गरिएको थियो । पार्टी सभापति शेरवहादुर देउवाले महाधिवेशन जति लम्बिए पनि पार्टीले खर्च बेहोर्ने बताएपछि संघले थप तीन दिनका लागि आवास भोजनको व्यवस्था गरीसकेको छ । अब सबै भागबन्डा मिलिसकेकाले २९ गते चुनाव हुनेभएको हो।
२०७३ साउन२७ गते

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.