Websoft University

पैदल यात्रीले पनि झोलुङ्गे पुलमा चारघण्टा सम्म जाम सहनु परेकोछ ।

ओदलढुङ्गा साउन २६ गते । यहाको थाक्ले र खोटाङ जोड्ने जयरामघाटस्थित दुधकोशी नदिको झोलुङ्गे पुलमा हिजोआज दैनिक तीनदेखि चारघण्टा सम्म जाम हुने गरेको छ । सबैभन्दा बढी आईतबार र सोमबार जाम हुने गरेको छ । हलेसी जाने तीर्थयात्रीको भीडको कारण पुलमा जाम हुने गरेको हो । पुलमा क्षमताभन्दा बढी तीर्थयात्रीले मोटरसाईकल तारेपछि पुल नै चु“डिने खतरामा पुगेको छ ।
‘हामीले रोक्दा रोक्दै पनि एकैपटकमा १० वटा भन्दा बढी मोटरसाईकल हालेपछि तीन ठाउ“का नट बोल्टहरु भा“चिसकेको छ ।’ स्थानीय धुम्मराज राईले भने, ‘यसले तीर्थयात्री जोखिममा छन् । चु“डियो भने मान्छेको ज्यान जाने र बाटो विच्छेद हुने खतरा छ ।’ उनले स्थानीय प्रशासनलाई यसबारेमा जानकारी गराउ“दा पनि सहयोग नपाएको बताए ।
स्थानीयको प्रयासमा एकपटकमा पा“चवटाको दरले मात्र मोटरसाईकल तार्न दि“दा दुईतर्फबाटै आउने सवारीको कारण धेरै लामो जाम हुने गरेको छ । बोलबमका लागि आउने भारतीयको संख्या १० हजार देखि अधिकतम् २० हजार सम्मको संख्यामा आउने गरेका छन् । सुनकोशीमा पक्की पुल बनेयता हलेसी आउने भारतीय पर्यटकको संख्या ह्वात्तै बढेको हो ।
जयरामघाटमा पक्की पुलको काम ठेकेदारले ढिलाई गरेको कारण यात्रुहरु वर्षौ“ पुरानो झोुलुङ्गे पुलमै निर्भर हुनु परेको छ । दैनिक कैयौं टन उपभोग्य सामाग्री यही पुलबाट तारेर खोटाङ सदरमुकाम दिक्तेल र आसपासमा लाने गरिन्छ । पुल दुईवर्ष अघिमात्र मर्मत गरेको भएपनि यात्रु र भरियाको चापले गर्दा फेरी जीर्ण हुन थालेको स्थानीय दिनेश राईले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.