Websoft University

साउन १ देखि विद्युत महसुल बढ्ने

काठमाडौं, असार १७ । नेपाल विद्युत प्राधिकरणले साउन १ गतेदेखि लागू हुने गरी विद्युत महसुल बृद्धि गरेको छ ।

ग्राहकलाई सात तहमा वर्गीकरण गरी महसुल बृद्धि गरेको हो । जसअनुसार उपभोक्ताले न्यूनतम २० युनिटसम्म विद्युत उपभोग गर्दा न्यूनतम ३० रुपैयाँसहित प्रतियुनिट ३ रुपैयाँका दरले महसुल तिर्नुपर्नेछ ।

त्यस्तै २१ युनिटदेखि ३० युनिटसम्म न्यूनतम ५० रुपैयाँ र प्रतियुनिट ७ रुपैयाँ तिर्नुपर्ने छ ।

३१ देखि ५० युनिटसम्म न्यूनतम ७५ रुपैयाँ र प्रतियुनिट ८ रुपैयाँ ५० पैसा तिर्नुपर्ने छ भने ५१ देखि १५० युनिटसम्म न्यूनतम एक सय रुपैयाँ र प्रतियुनिट १० रुपैयाँ तिनुपर्नेछ ।

१५१ देखि २५० युनिटसम्म न्यूनतम १२५ र प्रतियुनिट ११ रुपैयाँ, २५१ देखि ४०० युनिटसम्मका लागि न्यूनितम १५० र प्रतियुनिट १२ रुपैयाँ, सोभन्दा माथि खपत गर्ने ग्राहकले न्यूनतम १७५ रुपैयाँ र प्रतियुनिट १६ रुपैयाँ महसुल तिर्नुपर्ने छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.