Websoft University

विभिन्न दुर्घटनामा घाइते

बिराटनगर, असार १७ गते। मोरङको पथरी-शनिश्चरे नगरपालिका ३ स्थित राजमार्गमा पहिचान खुल्न नसकेको (अज्ञात) सवारी साधनको ठक्करबाट एक युवक घाईते भएका छन्। घाईते हुनेमा बबियाबिर्ता ३ बस्ने २४ बर्षीय बद्रि न्यौपाने रहेका छन। उनलाई शुक्रबार अपरान्ह ५ बजे प्रहरीको टोलीले घाइते अवस्थामा फेला पारेका थिए। युवकको न्युरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ भने ठक्कर दिने सवारी साधनको खोजीकार्य भईरहेको छ।

यसैगरी,  सिरहाको धनगढीमाई नगरपालिका ४ मा शुक्रबार साँझ मोटरसाईकल दुर्घटनामा एक जना घाईते भएका छन्। घाईते हुनेमा स. २ प ९१२० नम्बरको मोटरसाईकलको पछाडी सवार सोही नगरपालिका बस्ने ५५ बर्षीय कृष्ण दत्त महतो रहेका छन्। घाइतेलाई सोही मोटरसाईकलका चालकले उपचारकालागी विराटनगरस्थित न्युरो अस्पताल ल्याएका छन भने मोटरसाईकल इलाका प्रहरी कार्यालय धनगढीमा रहेको छ।
यसरी नै मोरङको हात्तीमुढा ८ मा ईटहरीबाट बिराटनगरतर्फ आउदै गरेको को १ ख ३५८० नम्बरको बस बस बिजुलीको पोलसंग ठोक्किमदा दुई जना घाइते भएका छन।घाइते हुनेमा बसका यात्री सुनसरी ईटहरी २५ की ज्ञानदेवी क्षेत्री र बसका सह-चालक मोरङ उर्लाबारी ४ बस्ने अनिल परियार रहेका छन। घाइते दुबैलाई उपचारकालागी विराट मेडिकल कलेज लगिएको छ । बस तथा चालक इलाका प्रहरी कार्यालय निमुवामा रहेको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.