Websoft University

भिषण वर्षाका कारण हवाई सेवा प्रभावित

फायल तस्विर 
काठमाडौं, असार १७ । अविरल वर्षाका कारण भिजिविलिटी कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका केही उडान प्रभावित भएका छन् ।
भिजिविलिटी कम हुँदा चारवटा अन्तर्राष्ट्रिय विमान डाइभर्ट गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।
एअर चाईना, एअर अरेबिया, हिमालय एअरलाइन्स र नेपाल वायु सेवाका विमान डाइभर्ट गरिएका हुन् ।
एअर चाइनाको विमान ल्हासा, हिमालय एअरलाइन्स र एअर अरेबियाको विमान लखनउ एवम् नेपाल वायुसेवा निगमको विमान कोलकातामा डाईभर्ट गरिएको हो ।
बिहान ६ बजे ५ किलोमिटर रहेको भिजिविलिटी त्यसपछि क्रमशः घट्दै गएपछि विमान अवतरण हुन नसकी डाईभर्ट गरिएको कार्यालयले जनाएको छ । शुक्रबार बिहानैदेखि राजधानीमा लगातार वर्षा भइरहेको छ 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.