Websoft University

अब काँचो सुन–चाँदी ल्याउन प्रतिबन्ध

काठमाडौं, असार १७ । सरकारले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट नेपाल भित्रने निजी झिटी गुण्टा, भारीसम्बन्धी ऐनमा परिर्वतन गरेको छ ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयले आज पत्रकार सम्मेलन गरी ऐनमा परिर्वतन भएको जानकारी दिएको हो । भन्सार प्रशासन प्रमुख योगेन्द्र गौचनले वैदेशिक रोजगारीमा जाने नेपालीलाई विभिन्न गिरोहले तस्करीमा प्रयोग गर्न थालेकाले ऐनमा परिर्वतन गरेको जानकारी दिनुभयो ।
उहाँले बाहिरबाट काँचो सुनचाँदी ल्याउन बन्देज गरिएको र ५० ग्राम सुनका गहना र ५ सय ग्राम चाँदीका गहनामात्र ल्याउन पाइने व्यवस्था नयाँ नियममा राखिएको बताउनुभयो ।
भन्सार तिरेरसमेत तोकिएकोभन्दा बढी सुन, चाँदी ल्याउन नपाउने व्यवस्था गरिएको उहाँको भनाइ थियो ।
पछिल्लो समयमा सुन, चाँदी र निषेधित वस्तुको ओसारपसारमा बृद्धि भएकाले कडाई गरिएको उहाँले बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.