Websoft University

पर्खाल ढल्दा दुई विद्यार्थीको मृत्यु, दर्जनबढी घाइते

ललितपुर, असार १७ । ललितपुरको टौखेलस्थित पुष्पाञ्जली बोर्डिङ स्कुलनजिकै रहेको पर्खाल भत्किदा दुईजना विद्यार्थीको मृत्यु भएको छ ।
महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक किसनसिंह थापाका अनुसार आज बिहान १० बजेर ५० मिनेट जाँदा विद्यालयसँगै रहेको पर्खाल भत्किएर कक्षाभित्र अध्ययन गरिरहेका विद्यार्थीलाई थिचेको थियो ।
पर्खाल ढल्दा १७ विद्यार्थी घाइते भएका छन । घाइते विद्यार्थीलाई पाटन अस्पताल र बि एन्ड बि अस्पतालमा उपचार गराइरहेको उनले बताए ।
घाईतेमध्ये पाँचजना पाटन अस्पताल र १२ जना विद्यार्थीको बि एन्ड बि अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
अविरल वर्षाले विद्यालयसँगै रहेको जग्गा प्लटिङको पर्खाल बगेर आउने क्रममा विद्यालयको टहरा भत्किएर कक्षामा अध्ययनरत विद्यार्थीलाई थिचेको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.