Websoft University

डन मनाङ्गे फेरि पक्राउ-यिनले के के गरेकाछन


असार १८ गते । यो भन्दा पहिलेदेखि नै प्रहरीको रेखदेखको सुचिमा परेकाले संगठित अपराधको मुद्दा लगाइने बताउदै आएको थोयो । तर डन दीपक मनाङ्गेको ठमेलमा कबाडी सामानको व्यापारदेखि गल्ली काठमाडौंका धेरै जसो गल्लीका पार्किङसम्म उनकै दबदबा रहँदै आएको छ ।
प्रहरीका अनुसार ठमेलका भित्री गल्लीहरुमा मनाङगेले सहयोगी परिचालन गरी अबैध रुपमा पार्किङ खडा गरी रकम उठाउँदै आएको बताइएकोछ । मनाङ्गेको वीरगञ्जमा ट्रान्सपोर्टको व्यवसाय समेत छन् ।
ठमेलको सेफ स्टार होटेलमा मनाङ्गेको ५६ करोडको लगानी छ । नुवाकोटको ककनीमा मनाङगेले ७८ रोपनी जग्गा श्रीमती पासाङ डोमा गुरुङको नाममा किनेका छन् । जसको मूल्य ३ करोड रहेको छ ।
ठमेलमा नियोन पब, गोगो बार र क्लव डाइनेस्टी पनि मनाङगेले नै सञ्चाल गर्दै आएका छन् ।
फेवा गाँउबेसी र पोखरा दोहोरीसाँझमा पनि मनाङगेको लगानी रहेको उच्च प्रहरी स्रोतको भनाइ छ ।
मनाङगेको हेटौडा क्रसर उद्योग र नवलपरासी जडिबुटी उद्योगमा पनि लगानी छ ।
उनले अधिकाँश टेन्डरका काम सहयोगी उमेश लामामार्फत गर्दै आएका छन् । दरबारमार्गको प्रहरी भवन पनि मनाङगेले उमेश लामाको फर्म प्रयोग गरी बनाएका हुन ।
मनाङ्गे सहयोगी सहित ठमेलको एक रेष्टुराँबाट पक्राउ परेका छन । काठमाडौं प्रहरी परिसरका एसएसपी विक्रमसिंह थापाका अनुसार केही व्यक्तिसँग फिरौती उठाएको र संगठित गुन्डागर्दीको आरोपमा उनलाई पक्राउ गरिएको संमाचारमा उल्लेख  गरिएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.