Websoft University

नेपाली कांग्रेस निर्वाचन बिरोधि होइन ।


सुनसरी असार १९ गते । कांग्रेस नेता रामचन्द्र पौडेलले आफ्नो पार्टी निर्वाचनबाट नभाग्ने बताएका छन् । सरकारले स्थानिय निकायको निर्वाचन मंसिरमा गर्ने कार्यतालिका सार्वजनिक गरेपछि कांग्रेसले त्यसको विरोध गर्दै आएको थियो ।
सुनसरीको इनरुवामा हिजो पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९३ औं जयन्ती तथा शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले भने, ‘नेपाली कांग्रेस निर्वाचनबाट भाग्दैन ।’ तर उनले निर्वाचन संविधानले गरेको ब्यवस्था अनुरुपको हुनु पर्ने बताए । उनले कांग्रेसले निर्वाचनको विरोध नगरेको उल्लेख गर्दै यहि संविधानको प्रावधान अनुसार निर्वाचन हुनु पर्छ भनेको बताए ।
तराईका मधेसवादीहरु र सरकारको बीचमा आफूहरुले समन्वय गरेर यो समस्याको निकास निकाल्ने उनले जानकारी दिए । सरकारले पनि तराइमा बसोबास गनें मधेसीका समस्यामा मेरो गोरुको बाह्रै टक्का गर्न नहुने र मधेसवादीहरुले पनि प्राप्त उपलब्धिलाई स्वीकारेर बाकी मागका लागि सम्झौता गर्न तयार हुनु पर्ने बताए । मधेसी नेताहरुलाई लक्ष गरेर उनले भने, तराई ‘मधेस र मधेसीको हितमा लाग्नोस् कांग्रेस तपाईंहरुको साथमा छ ।’
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यद्वय सुजाता कोइराला र मिनेन्द्र रिजालले पनि आ आफ्नो  धारणा राखेका थिए ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.