Websoft University

लागुऔषध सहित दुई पक्राउ

बिराटनगर  असार १९ गते । सुनसरी र मोरङबाट शनिबार लागुऔषध सहित दुईजना पक्राउ परेका छन्। सुनसरीको पूर्व कुशाहा-५ बाट १४९ एम्पुल डाइजेपाम, एभिल र लुपिजेसिक ईन्जेक्सनसहित बिनोद कुमार साह पक्राउ परेका छन। को २४ प ८००७ नम्बरको मोटरसाइकलमा सवार साहलाई प्रहरी चौकी शुक्रबारेको टोलीले रोकेर चेकजाँच गर्दा उनको साथबाट लागुऔध बरामद भएको थियो। 
साहलाई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ। त्यसैगरी मोरङको विराटनगर-२१ बाट भन्सार सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीको टोलीले शनिबार लागुऔषध सहित एकजनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय रानीमा बुझाएको छ। 
भारतीय जोगबनी बजारबाट नेपालतर्फ आउदै गरेका विराटनगर-८ निवासी अनिल कामतलाई भन्सार कार्यालयको २ नम्बर ढाटमा रोकी चेकजाँच गर्दा लागुऔषध एभिल ५२ एम्पुल, नोरजेसिक ५२ एम्पुल, डाइजेल्याब ५२ एम्पुल बरामद भएको हो। कामतलाई आवश्यक अनुसन्धानका लागी इलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भइरहेको छ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.