Websoft University

मोरङको जुडी खोलाले बगाएर बालिकाको मृत्यु

मोरङ, असार १९ गते। मोरङको कटहरी ८ स्थित जुडी खोलाले बगाएर हिजो अपरान्ह एक बालिकाको मृत्यु भएको छ।
स्थानीय सतालु ऋषिदेबको १३ वर्षकी छोरी पारु कुमारी ऋषिदेवलाई खोला तर्नेक्रममा खोलाले बगाउँदा मृत्यु भएको हो। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मोरङबाट टोली खटि गई कानूनी प्रकृया सम्पन्न गरिएको छ। 
त्यसैगरी मोरङ सिजुवा ३ जामबाडीका एक बालक आज रुखबाट लडेर घाइते भएका छन। आफ्नै बाराम रहेको बकैनाको रुखमा घाँस काट्ने क्रममा लडेर सोही ठाउँका १३ वर्षिय प्रविण सुब्बा घाइते भएका हुन। बालकलाई उपचारकालागी विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.