Websoft University

बिभिन्न मुद्दाका फरार आठ जना पक्राउ

विराटनगर, असार २१ गते। अदालतबाट कैद सजाय तथा जरिवाना फैसला भई फरार रहेका प्रतिवादीहरु पक्राउ गर्ने सिलसिलामा मोरङ र सुनसरी जिल्लाबाट विभिन्न मुद्दाका फरार दुई महिलासहित आठ जना पक्राउ परेका छन्। 
पक्राउ पर्नेमा सुनसरी जिल्ला अदालतबाट नकबजनी चोरी मुद्दामा १ महिना कैद, पाँच सय जरिवाना सुनाइएका चिमडी-२ बस्ने नन्दलाल चौधरी, चिमडी-८ बस्ने आशिचन्द चौधरी, तृतीया नन्द चौधरी, बहुविवाह मुद्दामा २ महिना कैद तथा दुई हजार रुपैया जरिवाना भएका तिरुलाल चौधरी, कैली चौधरी, कर्तव्य ज्यान मुद्दामा ६ महिना कैद भएका धुब्र नारायण खवास, गर्भपतन मुद्दामा १ वर्ष ६ महिना कैद भएका कौशल्या देवी मण्डल तथा लागुऔषध मुद्दामा मोरङ जिल्ला अदालतबाट ६ महिना कैद सुनाइएका मोरङ लेटाङ २ बस्ने कुमार लिम्बु रहेका छन। लिम्बुलाई क्षेत्रीय अनुसन्धान समुह (RIT) बाट खटिएको टोलीले सोमबार बिहान पक्राउ गरेको हो भने अन्यलाई इलाका प्रहरी कार्यालय दुहवी र चिमडीको टोलीले आइतबार पक्राउ गरेका थियो । 
पक्राउ परेका आठै जनालाई हिजै मोरंग र सुनसरी जिल्ला अदालतमा उपस्थित गराई फैसला कार्यान्वयनकलागि मोरङ तथा झुम्का कारागार पठाइएको छ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.