Websoft University

खाल्डोमा डुबेर दुई जनाको मृत्यु

बिराटनगर, असार २१ गते । मोरङ र सुनसरीमा खाल्डोमा डुबेर सोमबार एक बालकसहित दुई जनाको ज्यान गएको छ। मोरङको थलाहा-२ बस्ने ६० बर्षिय सुर्य झाँगड र सुनसरीको दुहवी-भलुवा नगरपालिका २ बस्ने १२ वर्षिय अनिल मण्डलको घर नजिकै रहेको खाल्डोमा डुबेर मृत्यु भएको छ। झाँगडको शव सोमबार दिउँसो पौने १ बजे घरदेखि अन्दाजी ३ किलोमिटर पर रहेको य खहेर खोलाबाट निस्केको पानी जमेको खाल्डोमा भेटेपछि उनका आफन्तले प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मोरङबाट टोली खटि गई आवश्यक अनुसन्धान शुरु गरिएको छ।
त्यसैगरी भारत घर भई सुनसरीको दुहबी-भलुवा-२ मा डेरा गरि बस्ने खगेन्द्र मण्डको छोरा अनिल मण्डलको घर नजिकै खेल्र्नेक्रममा वर्षातको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको हो। मण्डललाई स्थानीयले अपरान्ह ४ बजे खाल्डोमा डुबेको देखेपछि बाहिर निकाली उपचारकालागि सामुदायिक अस्पताल दुहवी लगेका थिए। बालकलाई अस्पताल पुर्‍याउनासा्थ चिकित्सकले मृत घोषित गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.