Websoft University

भारतले नेपाल लाइ नकारात्मक रुपले हेर्ने बानि छाडनुपरो।

असार २१ गते । प्रबुद्ध ब्यक्ति समूह (इपीजी) का दुवै पक्षका चार–चार सदस्य र एक–एक कार्यकारी अधिकारीसहित आरम्भ भएको बन्द छलफल सकारात्मक रुपमा अघि बढेको बताइएको छ । अस्तीी सोमबार करिब पाँच घण्टा चलेको बैठकमा विषयगत छलफल भएर सकारात्मक विषयहरुबाट अघि बढ्ने सहमति भएको छ ।
समूहमा नेपालतर्फका संयोजक डा. भेखबहादुर थापाले छलफलको आरम्भ गरेका थिए । बैठकको सुरुमै भारतीय पक्षका संयोजक भगतसिंह कोशियारीले नेपालको चाहना माग गरेका थिए । पहिले छलफलको कार्यतालिका तय गर्ने, सम्झौता केलाउने, बहस गर्ने र निर्णयमा पुग्ने सहमति भएको छ ।
छलफल प्राय: हिन्दीमा नै भएको थियो । अंग्रेजीमा आरम्भ भएको उद्‍घाटन समारोहमा नै भारतीय संयोजक कोशियारीले हिन्दीमा बोलेका थिए । भारतीय पक्षका कोशियारी र उप्रेति नरम देखिए पनि बैठकमा पूर्व राजदूत जयन्तप्रसाद र महेन्द्र पी लामा अलि फरक रुपमा प्रस्तुत भएको नेपाली समूहका एक सदस्यले बताए । भारतीय संयोजक कोसियारीले उदघाटन सत्रमा ‘नेपाली पनि भुटानी जस्तै खुशी रहनु भन्ने भारतीय चाहना रहेको’ भनेकोमा नेपाली पक्षका सदस्यले त्यसमा आपत्ति जनाएका थिए । नेपाल–भारत सम्बन्धलाई र भुटान–भारत सम्बन्धको कसीमा हेर्न नहुने उनीहरुले तर्क गरेका थिए ।  
नेपालतर्फका संयोजक थापाले बैठक जारी रहेको बताउँदै विभिन्न विषयमा छलफलहरु भइरहेको र सबै विषय सकारात्मक रुपममा अघि बढेको जानकारी दिए । बैठकमा सन् १८१६ को सुगौली सन्धी तथा सन् १९५० को शान्ति तथा मैत्री सन्धी खारेजीको प्रस्ताव गर्न समेत सुझावहरु आएकोले यसलाई भारतले कसरी लिएको छ उनीहरुको धारणा माग गरिएको थियो । यसमा मंगलबार थप छलफल हुनेछ ।
समूहका सदस्य र संयोजकले आफ्ना धारणाहरु पत्रपत्रिकामा लेख्न पाइने या नपाइने विषयमा पनि छलफल केन्द्रित रहेको र छलफलपछि संयुक्त पत्रकार सम्मेलन गर्ने सहमति भएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.