Websoft University

प्युठानमा पहिरो, ८ जनाको मृत्यु

प्युठान, असार २१ । अविरल वर्षापछि गएको पहिरोमा परी प्युठानमा दुई परिवारका आठ जनाको मृत्यु भएको छ ।
रजवारा र पूजा गाविसमा गएराति गएको पहिरोमा परी आठ जनाको मृत्यु भएको हो ।
पहिरोले घर पुरिँदा रजवारा गाविस–३ नेटाका दुर्गाबहादुर मल्ल, उनकी श्रीमती सीता, छोरीहरु सुशीला, लेखा र सिर्जनाको घटनास्थलमै मृत्यु भएको हो । छिमेकीको घरमा बस्न गएका छोरा बसन्त र अर्की एक छोरी भने सकुशल छन् ।
त्यस्तै पूजा गाविस–३ बाग्लीवाङमा गएको पहिरोमा हुमबहादुर सुनार, उनकी श्रीमती र ७ वर्षीया छोरीको मृत्यु भएको प्यूठान प्रहरीले जनाएको छ । प्युठानका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, नेपाल रेडक्रस सोसाइटीलगायतको टोली घटनास्थल रजवारामा पुगेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.