Websoft University

बजार अनुगमनमा गएको मन्त्रीसहितको टोलीमाथि आक्रमण

काठमाडौं, असार २१ गते । बल्खु तरकारी बजारको अनुगमनमा गएको आपूर्तिमन्त्री गणेशमान पुनसहितको सरकारी अनुगमन टोलीमाथि तरकारी व्यापारीहरुले आक्रमण गरेका छन् ।
व्यापारीहरुले प्रयोग गरेको ढक, तराजु दर्ता भए नभएको अध्ययन गर्न गएको टोलीमाथि व्यापारीहरुले इटा, लौका तथा मुला, आलु प्रहार गरेर आक्रमण गरेका हुन् । आपूर्ति व्यवस्था विभाग, नापतौल तथा गुणस्तर विभाग, सुरक्षा निकाय तथा पत्रकारसहितको टोली कालिमाटी तरकारी बजारको अनुगमन गरेपछि बल्खु तरकारी बजारमा पुगेको थियो ।
तरकारी बजारमा प्रयोग भएका सबैजसो ढक तराजु उचित परिमाणको नभएको गुनासो आएपछि आज बिहान टोली अनुगमनमा निस्किएको थियो । अकस्मात आएर अनावश्यक रुपमा दुःख दिएको भन्दै व्यापारीहरुले टोलीमाथि आक्रमण गरेका थिए । अहिले दुबै पक्षबीच वार्ता भइरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.